भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।
नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हुन लागेको पहिलो राष्ट्रव्यापी फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जित्ने १३ खेलाडी भिड्ने भएका छन् ।
भोली देखि हुने खेलका लागि हिजो बुधवार भएको अन्तिम नामावली दर्ता तथा तौल मापन पस्चात खेलमा १३ जना स्वर्ण पदक विजेता खेलाडी पनि सहभागी हुन लागेको प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म १३ स्वर्ण ल्याउने खेलाडीहरू तथा थाइल्यान्डमा सम्पन्न भएको अन्ताराष्ट्रिय खेलमा नेपालका तर्फबाट कांस्य पदक जित्ने ३ खेलाडी पनि भक्तपुरमा जारी खेलमा सहभागी हुन लागेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार साउथ एसियन च्याम्पियनसिप, साफ गेममा , अन्ताराष्ट्रिय खेलहरूमा , खुल्ला गणेशमान सिंह किक बक्सिङ प्रतियोगितामा, मंगदादेवी किक बक्सिङ प्रतियोगिता लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण विजेता खेलाडी देखि कांस्य र रजत विजेता खेलाडीहरू पनि भक्तपुरमा जारी खेलमा सहभागिता जनाउन आएपछि खेल रोचक हुने भएको छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।
यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) समेत खेलाइने अध्यक्ष ले जानकारी दिनुभएको थियो । यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उहाँले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताउनुभएको थियो ।
खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर एक साता सम्म लागू हुने गरी रु। २ लाख सम्मको बिमा समेत गरेको छ । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ(wAKO) द्वारा स्वीकृत K–1 नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ, र प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उहाँले जानकारी दिनुभयो।
प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
भक्तपुरका खेलाडीलाई दिइयो एन्टी डोपिङको कक्षा
भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको पूर्व सन्ध्यामा सहभागी खेलाडी तथा भक्तपुरका खेलाडीहरूलाई एन्टी डोपिङको विषयमा कक्षा लिइएको छ ।
कक्षामा डोपिङ के कस्तो अवस्थामा हुन्छ । के के को सेवनले तथा खेलाडीले प्रतिबन्धित चिजहरू बोक्दा हुन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।
सामान्य सिटामोल देखि लागु औषध सम्मको प्रयोग गर्दा समेत डोपिङमा खेलाडी पर्न सक्ने एन्टी डोपिङ अवारनेस सेन्टरका संस्थापक डा. आसिस भण्डारीले जानकारी दिनुभयो । उहाँले खेलाडीहरूले के के सेवन गर्दा प्रतिबन्धमा पर्न सकिन्छ र प्रतिबन्धमा परेका खण्डमा के कस्तो असर पर्छ भन्ने विषयमा समेत कक्षा लिनुभएको थियो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

