६५ बर्ष देखी सिंगापुरमा एउटै पार्टीको सरकार, फेरी जित्यो पिएपीले ९७ मध्ये ८७ सिट
सिंगापुर । सिंगापुरमा भएको १४ औं आमचुनावमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी) ले फेरि जित हासिल गरेको छ ।
सो पार्टीले सिंगापुरको ९७ संसदीय सिटमध्ये ८७ सिट प्राप्त गरेको छ । सिंगापुरको यी सबै सिटमा उम्मेदवारी दिने एकमात्र पार्टी पीएपी नै थियो ।
यसबाहेक करिब ११ राजनीतिक दल तथा २ सय ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।सन् १९६५ देखि लगातार सत्तामा रहेको सो पार्टी सन २०२५ को आम निर्वाचनमा पनि भारी जित हासिल गरेको छ ।
यो जितपछि प्रधानमन्त्री वोङले बलियो जनादेशका लागि हामी कृतज्ञ रहेको बताए । ‘हामी अझै कडा मेहनत गरेर तपाईंको विश्वासको सम्मान गर्नेछौं’ जीत पछि उनले भने । सन् १९४८ मा भएको पहिलो आम निर्वाचनपछि यो सिंगापुरको १९औँ आम निर्वाचन थियो र सन् १९६५ मा स्वतन्त्र भए पछिको १४औँ निर्वाचन हो ।
यस निर्वाचनमा नेसिपी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, वर्कर्स पार्टीले २६ सिटमा मात्रै चुनाव लडेर सुरूमा नै मैदानमा कमजोर प्रस्तुति दियो ।
खासमा १५ मे २०२० मा सिंगापुरले २० वर्ष पछि नयाँ प्रधानमन्त्री पाएको थियो । राष्ट्रपति थर्मन सानमुग रत्नमले अर्थशास्त्री लरेन्स वोङलाई देशको चौथो प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गराएका थिए । यसअघि सिएन लुङ यहाँ २० वर्षसम्म प्रधानमन्त्रीको पदको जिम्मेवारीमा रहिरहेका थिए । वोङ नै सिंगापुरको पहिलो प्रधानमन्त्री बनेका छन, जो देशको स्वतन्त्रता पछि जन्मेका हुन् ।
लरेन्स वोङको राजनीतिक करियरको बारेमा कुरा गर्दा उनी २०२० मा पाण्डेमिक टास्क फोर्सको सह अध्यक्षको रूपमा काम गर्दा चर्चामा आएका थिए। त्यस समय देखि वोङ देशमा समाचारमा छाइनै रहे । यही कारण उनको लोकप्रियताका कारण २०२२ मा उनलाइ उत्तराधिकारी बनाइएको थियो। र, प्रधानमन्त्री लरेन्स वङलाई सन् २०२४ मा देशको चौथो प्रधानमन्त्री बनाइएको थियो।
प्रधानमन्त्री बनेपछि वोङको यो पहिलो निर्वाचन हो। जुन देशको वर्तमान अवस्थालाई हेर्दा अप्ठ्यारो मानिएको थियो । किनभने मुद्रास्फीति र आप्रवासीको बढ्दो भीड यहाँको मुख्य समस्या बनेको थियो। यद्यपि, यी सबै समस्याहरूलाई पार गर्दै वोङले आफ्नो पहिलो चुनाव जिते र आफ्नो पार्टीको जारी जीतलाई पनि कायम राखे ।
पिएपीले स्वतन्त्रतादेखि नै देशको नेतृत्व गरिरहेको छ । सन् १९४८ मा सिंगापुरमा पहिलो पटक आम निर्वाचन भएको थियो । यसपछि सन् १९६५ मा देश स्वतन्त्र भयो। स्वतन्त्रतापछि सिंगापुरको यो १४औँ आम निर्वाचन थियो, जसमा पीएपी पार्टी विजयी भएको थियो। सिंगापुर स्वतन्त्र भएदेखि नै पीएपीको नियन्त्रणमा छ। सिङ्गापुरमा अरु धेरै दलहरु भए पनि पछिल्लो ६५ वर्षमा सिंगापुरमा कुनै पनि पार्टीले सरकार बनाउन सकेको छैन ।
खासमा यहाँ कुनै पनि दलले पीएपीसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नतिजा सार्वजनिक भएपछि प्रधानमन्त्री लरेन्स वोङले आफ्ना समर्थकहरूको अभिवादनलाई थम्ब्स अप दिएर स्वीकार गरे।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

