धनुषामा टिपरको ठक्करबाट एकको मृत्यु, तीन घाइते
जानकारी केन्द्र
२०८२, बैशाख, २३
धनुषा । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सडकमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
ना ८ ख ६५२७ नम्बरको टिपरले गए राति ठक्कर दिँदा सोही नगरपालिका ५ निवासी २१ वर्षीय समिर भन्ने योगकुमार बोगटी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जनकपुरस्थित न्यूरो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । त्यस्तै, सोही दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको जनकी मेडिकल, बिरेन्द्र बजारमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनापछि टिपर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
