Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिंग खुल्ला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, २५
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिंग खुल्ला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म आयोजना गर्ने नेपाल मोबिलिटी एक्सपो २०२५ को बुकिङ खुल्ला गरेको छ । नाइमाले काठमाडौँको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्न गइरहेको बताएको छ ।

उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेका छन् ।

अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको रहेको छ ।

प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ वैशाख २२ देखि खुला भएको छ र आगामी बैशाख २९ गते सम्म खुला रहनेछ । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाँडफाँट पारदर्शी लट्री प्रणाली मार्फत गरिने बताइएको छ । दुई र चारपांग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको आयोजक ले जनाएको छ।

प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रालिद्वारा गरिनेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुने दावी गरिएको छ ।

‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् । ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं, उनले थपिन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्ने जनाइएको छ । यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्ने बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स