तीनकुनेमा तीन वटा गाडी जुध्दा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौं – तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।
उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए।
बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए।
मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन्। दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन्।
घाइते चालकको ट्रकमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
