केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना
नैरबी । हात्तीको दाँत र गैंडाको सिङ्गको तस्करीको बारेमा तपाइले सुन्नु भएको होला तर अब त सिकारीले हाम्रो वातावरणका लागि बहुमूल्य कमिला पनि तस्करी गर्न थालेका छन् ।
यस्तै एउटा चकित पार्ने घटनामा केन्यामा घटेको छ । त्यहाँको एक अदालतले दुई नाबालिग सहित चार जनालाई हजारौं कमिला तस्करी गरेको आरोपमा दोषी पाएको छ र उनीहरूलाई ७,७०० अमेरिकन डलर जरिवाना गरेको छ। अदालतले नाबालिगले जरिवाना नतिरे १२ महिना जेल पठाउन पनि भनिसकेको छ ।
खासमा केन्याली बन्यजन्तु अधिकारीहरूले अप्रिल ५ मा छापा मारेर दुई बेल्जियम किशोर, एक भियतनामी नागरिक र एक स्थानीयलाई पक्राउ गरेका थिए। तिनीहरूबाट ५ हजार ४४० विशाल अफ्रिकी हार्भेस्टर रानी कमिलाहरू बरामद गरियो, जुन तस्करी भइरहेको थियो।
निस्सन्देह, तपाईले सोचिरहनु भएको छ कि तिनीहरूले यी कमिलाहरूसँग के गर्छन्। वास्तवमा यी रानी कमिलाको मुल्य यति धेरै छ कि सुनेर तपाई छक्क पर्नुहुनेछ । केन्याली मजिस्ट्रेटका अनुसार एसिया, उत्तर अमेरिका र युरोपको अनलाइन बजारमा यी कमिलाको मूल्य ८ लाख युरो रहेको छ ।
यो एक मात्र कमिला हो, जसले अण्डा दिन सक्छ। जसबाट सम्पूर्ण कमिला उपनिवेश अर्थात् मजदुर, सिपाही र भावी रानीहरूको जन्म हुन्छ। तिनीहरूको तस्करीले केन्याको वन्यजन्तु इकोसिस्टमलाई खतरामा पारेको छ।
बेल्जियमका किशोर लोर्नोय डेभिड र सेपे लोडेविक्सले आफूलाई कमिला प्रेमी भएको दाबी गर्दै अदालतमा आफूले यो सबै अज्ञानताका कारण गरेको दाबी गरेका छन् । तर, अधिकारीहरूले लोर्नोयको फोनमा केही फेला चीजहरू फेला पारे, जसले उनको झूटलाई उजागर गरिदिएको थियो । खासमा उनी ‘एन्ट ग्याङ’ नामक समूहको सदस्य रहेको खुलेको थियो । उनले प्रति कमिला २०० डलरमा २ हजार ५०० रानी कमिला किनेका थिए । अदालतले यति ठूलो संख्यामा कमिला पाल्नु कुनै शौख हुन नसक्ने बताउँदै तस्करी ठहर गरेको हो ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

