• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, माघ ०६, २०८२
सोमबार, माघ ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ५. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • ६. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

तस्कर समाउन मोटरसाईकल समाउँदा लडेर घाईते भएका स्थानीयको मृत्यु

रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरी संग मोटरसाईकल जुधेर घाईते भएका एकजना स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल  बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको विआर ३००-७९३६ नम्बरको मोटरसाईकल बुधवार दिउँसो पुलको दुईसय मीटर पूर्व पट्टी जुधेको थियो।

दुर्घटनामा गम्भीर घाईते भएका विआर ३००-७९३६ नम्बरको मोटरसाईकल चालक स्थानिय फतुवा विजयपुर ४ टेंग्राहाका  ५० वर्षीय अनुठा राय यादवको उपचारको क्रममा गएराती गण्डक अस्पताल बिरगंजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी डिएसपी दीपक कुमार रायले बताएका छन्।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा लागिएको छ। घटनाबारे अहिलेसम्म कुनै लिखित उजुरी नआएकाले जाहेरी आएपछी थप अनुसन्धान तथा कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाईने प्रवक्ता रायले न्युज कारखाना लाई जानकारी दिएका छन्।

यसैबीच आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीवार घटनाबारे सदनमा सरकार लाई जानकारी गराएका थिए। उनले कमिसनको चक्करमा तस्कर पक्राउ गर्ने नाउँमा जबरदस्ती दुर्घटना गराउने सशस्त्र प्रहरी माथी कार्वाही र घटनाको छानबिन हुनुपर्ने सरकार संग माग गरेका थिए।

तराई मधेसमा सशस्त्र प्रहरीले कमिसनको चक्करमा परेर किसान, ब्यापारी देखी सर्वसाधारण लाई दुःख दिदैआएकाले त्यस्तो काम तत्काल बन्द हुनुपर्ने माग गरेका थिए।

सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले मोटरसाईकल दुर्घटनामा मृत्यु भएको परिवारले उचित क्षतिपुर्ति पाउने बताएका छन्। उनले रातोपाटी संग कुरा गर्दै घटनाको प्रहरी अनुसन्धानमा जे देखिन्छ त्यसै अनुसारको कारवाही हुने बिश्वास दिलाएका छन्।

के हो घटना 
गत बुधवार अपरान्ह साढे तीनबजेको समय  बोरामा भन्सार छलीको किराना सामान बोकेका  ग ४प ४०७३ नम्बरको मोटरसाईकल गईरहेको थियो। मोटरसाईकल हेरेर कटहरिया ४ लालबकैया पुलको पश्चिम बाँधमा बसेको सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारको गस्ती टोलीले रोक्न खोज्दा तस्करले तुफान कुदाएको थियो।

तुफान कुदाएर कटहरिया बजार तर्फ भाग्नलाग्दा सशस्त्र प्रहरी हवल्दार सिंहले बा ८४ प ७३८३ को मोटरसाईकलमा दुईजना चढेर तिब्रगतिमा पीछा गरेपछि कटहरिया बजारबाट किनमेल गरेर फर्किँदै गरेको भारतीय नम्बर विआर ३०० ७९३६  नम्बरको मोटरसाईकल र तस्करको ग ४प ४०७३ नम्बरको मोटरसाईकल आमुने सामुने जुधेको थियो। घटना लगत्तै तस्कर त्यहाँबाट भाग्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनामा परेर भारतीय नम्बरको मोटरसाईकल चालक फतुवा विजयपुर ४ टेंग्राहाका ५० वर्षीय अनुठा यादवको टाउको लगायतको स्थानमा गम्भीर चोट लागेको थियो भने पछाडी सवार सोही ठाउँका ४० जिनिस साह लाई सामान्य चोटपटक लागेको थियो।

दुर्घटना पछी पीडितका आफन्त तथा बजारबाट किनमेल गरी फर्किरहेका मानिसहरूले दुवैजना सशस्त्र प्रहरी लाई निर्घात कुटपिट गरेका थिए। लगतै ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएका गस्ती टोलीमाथी हातपात भएको थियो ।

आक्रोशित स्थानीयहरूले  लालबकैया नदीको पुल भएर जानेबाटो समेत अवरोध गरी दोषीमाथि कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय कटहरिया अगाडी प्रदर्शन समेत गरेका थिए।

पछी ईलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओम प्रकाश यादवको कमाण्डमा गएको टोली र सो क्षेत्रका कैयौं सशस्त्र बेस क्याम्प बाट गएको टोलीले सम्झाई बुझाई बाटो खुलाएर दुर्घटनामा परेका तीनवटै मोटरसाईकल नियन्त्रणमा लिएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    लोकप्रिय

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

    ताजा

    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

    २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    • २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    • शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.