केई एक्सचेन्ज कार्निभल २०८२ : थपियो समय
काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि थापाथली, काठमाडौंमा सुरु गरेको “केई एक्सचेन्ज कार्निभल २०८२” को दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ । ग्राहककाे बढ्दो रुचिलाई ध्यानमा राखी कार्निभलकाे समय पनि बैशाख २९ गते सम्म बढाइएको छ ।
कार्निभलमा ग्राहकका लागि ई-क्युट ०२, ई-क्युट ०४ र एक्सथ्री प्रो ईभीलगायतका मोडलमा आकर्षक अफर राखिनुका साथै ई-क्युट गाडी खरिद गर्ने ग्राहकलाई बोश कम्पनीको जेट कार वाशर र एक्सथ्री प्रो खरिद गर्ने ग्राहकले बोशको वासिङ मेसिन सित्तैमा प्राप्त गर्न सक्नेछन्।
केई शोरूम नजिक र हुन्डाई शोरूमको ठीक अगाडि आयोजित यो कर्निभलले ग्राहकहरूलाई स्मार्ट, किफायती र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्न अभूतपूर्व अफरहरू ल्याएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त कार्निभलले नेपाली ग्राहकहरूलाई सुविधाजनक, किफायती र उत्सवमय तरिकाले विद्युतीय सवारीको अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।
कार्निभलमा विशेष छुट पाइनुका साथै केईका प्राविधिक विशेषज्ञहरूबाट विद्युतीय सवारीका फाइदाहरूबारे विस्तृत जानकारी लिन र केईका विभिन्न मोडलहरूको टेस्ट ड्राइभ गरी आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्ने अवसर समेत प्रदान गरेको केई नेपालले बताएको छ ।
कार्निभल अवधिभर ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी लिएर आउन सक्नेछन्, जसको उचित मूल्यांकन गरी सबैभन्दा राम्रो पुनः बिक्री प्रस्ताव उपलब्ध गराइनेछ। साथै, केईले कार्निभल अवधिभर विशेष एक्सचेन्ज बोनस, नगद छुट, सवारी कर तथा बीमाको पूर्ण खर्च कभर गर्ने व्यवस्था गरेको छ।
केई नेपालको बारेमा:
चीनको सिचुआन प्रान्तको यिबिन शहरमा अवस्थित काइयी अटो, पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशियामा सञ्चालनमा रहेको आइस, हाइब्रिड र विद्युतीय सवारी साधन निर्माणमा विश्वव्यापी नाम हो। नेपालमा, केईलाई जी.ओ. अटोमोबाइल्स प्रा. लिमिटेड र लक्ष्मी ई-मोबिलिटी प्रा. लिमिटेडद्वारा वितरण गरिन्छ, जुन नेपाली सडकहरूमा विश्वस्तरीय नवीनता ल्याउन प्रतिबद्ध रहेको बताइएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
