जलबायु परिवर्तन: सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने
काठमाडौं । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ।
जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट गहिरिदै गएकाले खाद्यवस्तुको मूल्य आकासिने भएको हो ।
यस सन्दर्भमा युरोपेली केन्द्रीय बैंकले जलवायु परिवर्तनका कारण विश्वभर बढेको मुद्रास्फीतिको तथ्यांक विश्लेषण गरेको थियो । तथ्याङ्कपछि बैंकले सन् २०३५ सम्म अर्थात अबदेखि १० वर्षसम्म बढदो तापक्रमका कारण मुद्रा स्फीति वार्षिक ०.५ देखि १.२ प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ । जसका कारण खाद्यान्नको मूल्य दोब्बरले बढ्न सक्छ।
उता, जलवायु परिवर्तनका कारण तापक्रममा बृद्धि भई खाना पछि मानिसलाई आवश्यक पर्ने निद्रामा ठूलो समस्या सिर्जना भएको छ । तापक्रम घटाउनका लागि हामीले एयर कन्डिसनर चलाउँदै आए पनि रातमा बढ्दो तापक्रमले हाम्रो निद्रामा बाधा पु¥याइरहेको हुनेछ ।
यस सम्बन्धमा चीनको फुडान विश्वविद्यालयले मानिसको निद्राको बारेमा एक डाटाको विश्लेषण गरेको थियो । जस अन्तर्गत युनिभर्सिटीका अनुसन्धानकर्ताले दुई करोडभन्दा बढी मानिसमाथी रातीको निद्राको अनुगमन गरेका थिए ।
जसमा कुनै पनि रातमा १० डिग्रीले तापक्रम बढेमा पर्याप्त निद्रा नपुग्ने सम्भावना २० प्रतिशतले बढेको पाइएको छ । बढ्दो तापक्रमका कारण यस शताब्दीको अन्त्यसम्ममा चीनका हरेक व्यक्तिले वार्षिक ३३ घण्टाको निन्द्रा गुमाउन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
