गृहमन्त्री बस्नेतलाई विप्लवको चेतावनी : जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं
जानकारी केन्द्र
२०७३, जेष्ठ, ३१
लगातार एनसेलको बेस स्टेसनमा रहेका टावरमाथि आक्रमण गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
आज महासचिव विप्लवले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर यस्तो चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘हामी तिम्रा जस्तोसुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं । किनकी यो तिम्रो बेइमानी गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु हामीले तिमीले पनि राम्रोसँग चिनेका छौं । याद गर दमन भए प्रतिरोध हुनेछ ।
गृहमन्त्री शक्ति बहादुर बस्नेतले विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको अर्को दिन विप्लवले आफ्नो प्रतिक्रिया बाहिर ल्याएका हुन् ।
गृहमन्त्री बस्नेतले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रलायमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिने विप्लवका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

