चिया जाली कालो भएर छान्न सकेन भने यसरी सफा गर्नुहोस्
काठमाडौं । अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन्। कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा चिया बनाएपछि भाँडाकुँडा सफा गर्नु निकै कष्टकर काम हुन जान्छ ।
विशेषगरी चिया छान्ने (चिया जाली) समयसँगै फोहोर र कालो हुँदै जान्छ, जसका कारण यसको प्वाल बन्द हुन्छ र चिया जालीले राम्रोसँग फिल्टर गर्नसमेत सक्दैन । अब, जब यो हुन्छ, मानिसहरूले प्रायः चिया जालीलाई बेकार भयो भनेर यसै फ्याँक्छन्। यद्यपि, यदि तपाईं चाहनुहुन्छ भने, तपाईंले कालो चियाजालीलाई एकदमै सजिलो तरिकामा नयाँ जस्तै चम्काउन सक्नुहुन्छ। आउनुहोस, यसको उपाय हामी सिकाउँछौं ।
यदि तपाइँको चिया जाली कालो भएको छ भने तपाइँ यसलाई धेरै प्रयास बिना नयाँ जस्तै सफा गर्न सक्नुहुन्छ। अझ अचम्मको कुरा यो हो कि यसका लागि तपाईले कुनै पनि महँगो उत्पादन छुट्टै किन्नु पर्दैन।
हो अब यसरी फिल्टर सफा गर्नुहोस्ः
– यसका लागि सबैभन्दा पहिले चिया जालीलाई सिधै ग्याँसको आगोमा राख्नुहोस्।
– यसो गर्दा फिल्टरमा रहेको फोहोर जलेर कार्बनमा परिणत हुन्छ।
– जब आगोले चियाजाली पूरै तातो हुन्छ र त्यसबाट हल्का धुवाँ आउन थाल्छ, तब ग्याँस बन्द गर्नुहोस्।
– चिया जालीलाई अब एकछिन चिसो हुन दिनुहोस्।
– यसपछि डिशवाश लिक्विड र ब्रसको मद्दतले रगडेर सफा गर्नुहोस्।
– यसो गर्नाले फिल्टर पूर्ण रूपमा सफा र चम्किलो हुनेछ।
यद्यपि, यो विधिको साथ तपाईले स्टील वा फलामका फिल्टरहरू मात्र सफा गर्न सक्नुहुन्छ। ग्याँसमा प्लास्टिक चियाजाली राख्नबाट बच्नुहोस्।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

