२०८२ साल जेठ महिनामा यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेश राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । बोलिको भरमा कार्य सिद्ध हुनेछ । मेहनतले कलाको क्षेत्रमा उन्नति र प्रगति हुनेछ । सञ्चित धनमा वृद्धि हुन गाह्रो रहेको छ । महत्वकाङ्क्षी योजनाहरू सम्पादन नहोलान् । नोकरी वा राजनीति गर्नेहरूलाई समय लाभकारी रहनेछ । कार्य क्षेत्रमा मन नपर्दो व्यक्तिहरूसँग कार्य गर्नुपर्ला । स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस् । भूमि लगायत स्थायी सम्पत्तिको वादविवाद सुल्झिनेछ। उद्योगधन्दा पनि सामान्य रहनेछ । आर्थिक लाभका नयाँ अवसरहरू मिल्नेछन् । प्रेम सम्बन्धमा तेस्रो पक्षको उपस्थितिले मनमा शंका उत्पन्न गर्ला । विद्यार्थीहरूलाई शिक्षामा राम्रो सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि समय श्रेष्ठ रहेको छ । नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ । जीवनको प्रत्येक क्षेत्रमा सफलता मिल्नेछ । विदेशबाट जोडिएका कार्यहरूबाट अप्रत्यासित लाभ रहनेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ । अवसर प्राप्त भएतापनि फाइदा उठाउन चुनौती रहनेछ । पुरानो लगानी वा श्रमको प्रतिफल प्राप्त भइरहनेछ । राजनीतिक पृष्ठभूमि बलियो बन्नेछ । विपरीत लिंग प्रति आकर्षण बढ्नेछ । मित्रहरूसँग वैरभाव बढ्ला सावधान रहनुहोस् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरुलाई यो महिना सामान्य रहनेछ । राजनीतिक वा सामाजिक परिवेशमा समस्याहरू आउन सक्छ । आर्थिक पक्ष सामान्य रहनेछ । आलस्यलाई कार्य क्षेत्रमा हावी हुन नदिनुहोला । कार्य टाल्ने प्रवृत्तिले आकस्मिक हानि हुनेछ । आफ्नो वाणी वा व्यवहारमा नियन्त्रण राख्नुहोस् । वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन् । जीवनसाथीको भावना वा आवश्यकतालाई बेवस्था नगर्नुहोला । सन्तान पक्षबाट कुनै शुभ सूचना मिल्ला । आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ । झुटो प्रशंसाबाट बच्नुहोस् । कार्य क्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ । स्वास्थ्यमा अनिन्द्राको समस्या हुन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । लाभ र उन्नतिका नयाँ अवसरहरू मिल्नेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गबाट प्रशंसा पाइनेछ । अवसरलाई चिन्ने प्रयास गर्नुहोस् । विद्यार्थी वर्गहरूले सानोतिनो कुरामा उल्झिनु भन्दा आफ्नो लक्ष्यमा दृष्टि राख्नुहोस् । नयाँ धन लगानी लगाउनु भन्दा अघि शुभचिन्तकहरूसंग परामर्श अवश्य लिनुहोस् । कानुनी मुद्दा मामलाहरू अदालतमा भन्दा बाहिरै सुल्झाउने प्रयास गर्नुहोस् राम्रो रहनेछ । युवा वर्गहरूलाई प्रेममा सफलता प्राप्त हुनेछ । जीवनसाथीसँग लामो वा छोटो दूरीको यात्राका योग छन् । कुनै मांगलिक वा शुभ कार्यमा सम्मलित हुने अवसर मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । पारिवारिक समस्याले गर्दा कार्यक्षेत्रमा कार्यको अतिरिक्त दबाब रहनेछ । इष्टमित्रहरूबाट सहायता नमिल्नाले मन अप्रसन्न रहनेछ । नयाँ नोकरीको लागि प्रतिक्षा गर्नुपर्ला । नोकरीमा सरुवा आदिको लागि सोचविचार गरेर निर्णय लिनुहोला । भावना वा क्रोधमा आएर कुनै ठूलो निर्णय लिनदेखि बच्नुहोस् । लामो समयदेखि जग्गा जमीन क्रय विक्रय गर्न सोचिरहनु भएको थियो भने पूरा हुनेछ । दाम्पत्य जीवनमा सुमधुरता बनिरहनेछ । स्वास्थ्य सबल रहनेछ । विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय श्रेष्ठ रहनेछ । नोकरी वा पेशामा नयाँ पदको जिम्मेवारी मिल्नेछ । बेरोजगारहरूको लागि सोचे अनुरूप रोजगार मिल्ला । व्यापार व्यवसायमा इष्टमित्र र परिचित परिजनहरूको साथ मिल्नेछ । अविवाहितहरूको लागि विवाहको कुराकानी चल्नेछ । गृहणीहरूको अधिकांश समय धर्म कर्ममा व्यतीत हुनेछ । प्रेम सम्बन्धमा शंकाले गर्दा मानसिक चिन्ता रहनसक्छ सचेत रहनुहोस् । सञ्चित धनमा वृद्धि हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन् । योग्यताको उचित मूल्यांकन हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । अरुको लैलैमा लागेर लगानी नलगाउनुहोला । घरको सुख सुविधा वा साज सजावट र मरम्मतमा धन खर्च हुनेछ । कार्य क्षेत्रमा कार्यरत महिलाहरूको लागि परिवारमा र कार्य क्षेत्रमा तालमेल बसाउन गाह्रो रहनेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । धार्मिक र साहित्य लेखन आदिमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला । प्रशासन क्षेत्रमा प्राविधिक समस्याले गर्दा कार्यमा बाधा आउनेछ । कारोबारलाई लिएर लामो दुरीको यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । कार्य क्षेत्रमा जुनियर वा सिनियर दुवैको सहयोग मिल्नेछ । माता पिता र परिवारको साथमा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ । कार्य क्षेत्रमा पुरानो समस्याहरु सुल्झिनेछन् । साझेदारी व्यापारबाट विशेष लाभ प्राप्त हुनेछ । आफ्नो कार्यशैलीले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ । महत्वकांक्षी योजनाहरू सम्पादन गर्नमा पिताको सहयोग अवश्य लिनुहोस् । स्वास्थ्य सबल रहनेछ । दाम्पत्य जीवनलाई मधुर बनाउनको लागि जीवनसाथीलाई पूरा समय दिनुहोस । प्रेम सम्बन्धलाई विवाहमा टुङयांउन सक्नुहुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । कार्य क्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला । पारिवारिक विषयवस्तुमा केही समस्या देखिन सक्छ, त्यसर्थ सावधान रहनुहोस् । व्यापार व्यवसायभन्दा सेवामूलक कार्यले आफूलाई चिनाउन सकिनेछ । विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ । कसैमाथि छिट्टै विश्वास गर्नु तपाईंको लागि हानिकारक हुन सक्छ । स्वास्थ्यमा श्वासप्रश्वास वा चर्मरोग सम्बन्धी समस्या रहेको छ भने समाधान हुनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । सन्तानको प्रगति वा उन्नतिले मन प्रसन्न रहनेछ । नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग अवश्य लिनुहोस् । कारोबारीहरूलाई आफ्नो प्रतिद्वन्दीद्वारा राम्रो टक्कर मिल्नेछ । कार्य क्षेत्रमा कार्य पूरा नगरी निर्णय नलिनुहोस् । युवा वर्गहरूलाइ आफ्नो कँरियरमा अगाडि बढ्ने अवसर मिल्नेछ । पारिवारिक सद्भावमा वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । बोली र व्यवहारमा मधुरताले सबै कार्य सिद्ध हुनेछन् । सामाजिक पृष्ठभूमि बलियो बन्ने तथा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । व्यापार व्यवसायमा अप्रत्यासित लाभका योग छन् । राजनीतिक परिपेक्ष बलियो बन्नेछ । साहसिक र निर्णयात्मक बुद्धिको उपयोगले सफलता पाइनेछ । युवा वर्गहरुलाई कँरियर वा नोकरीमा शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ । विशेष कार्यको थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । व्यापार व्यवसायमा जोखिम लिनदेखि बच्नुहोस् । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । घर परिवारमा पुराना कुरालाई लिएर तनावको वातावरण सिर्जना हुनेछ । सरकारी पद प्रतिष्ठाको मर्यादा बनाएर राख्नुहोस ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मिन राशि हुनेहरूको लागि यो महिना राम्रो रहनेछ । कुनै प्रिय वा प्रभावशाली व्यक्तित्वसँग भेटघाटले भविष्यमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा लिएका निर्णयहरूको प्रशंसा हुनेछ । नियमित दिनचर्यामा सानो बदलावले जीवन शैलीमा ठूलो परिवर्तन आउनेछ । व्यापार व्यवसायमा प्रियजनहरूको साथ र सहयोग मिल्नेछ । व्यवसायिक क्षेत्रमा प्रगति हजुरको अनुरुप हुनेछ। धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन गर्न सक्नुहुनेछ । वित्तीय मामलाहरूमा नयाँ निर्णयहरू प्रगति तर्फ लिएर जानेछन् । घर परिवारमा आफूभन्दा साना भाइबहिनीहरूको सहयोग मिल्नेछ।
– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

