• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ६ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ११ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ११ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ११ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ३. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ६. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

नवबिबाहिता मृत्युमा दाइजो प्रकरणः मुख्य आरोपी फरार, जोगाउन चलखेल

जानकारी केन्द्र २०८२, जेष्ठ, २

रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहित मुस्लिम महिलाको मृत्युको घटनासँग जोडिएका मुख्य आरोपी फरार भएका छन्।

घटनालाई दबाउन दोषीलाई कारवाहीबाट बचाउन अहिले बिचौलियाको चलखेल सुरु भएको छ। बिचौलियाले प्रहरीसँगै पीडित परिवारलाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका हुन्।

कटहरिया–३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया– ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको थियो।

माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गर्दै ईलाका प्रहरी कार्यालय गरुडामा आएका छन्। घटना पछी मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान फरार भएका छन्। तर, विचौलियाहरु भने दिनभरी ईलाका प्रहरी कार्यालय गरुडाको चक्कर लगाईरहेका छन्।

मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका–११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाईजोको कारण छोरी सानियालाई दैनिक जसो कुटपिट गरी ज्वाईँ अरमान सहित सपरिवार मिलेर हत्या गरेका हुन । बिहे भएको ६ महिना भयो तर बिभिन्न सामान, दाईजोमा र पैसा पनि माग गर्दै छोरीलाई एकपटक पनि माईती जान नदिएको उनीहरूको भनाइ रहेको छ।

घटनाको अघिल्लो दिन छोरी सानियासँग फोनमा कुराकानी भएको थियो। समधी अहमद रायले छोरीलाई माईती पठाउन सहमत भएका थिए। सोही सहमति अनुसार घटनाको १ दिन अघि छोरीले फोन गरेर भनेकी थिइन्, ‘बुबा गाड़ी लिएर भोलि आउनु होला साथसाथ घर जाने हैं ।’

छोरीलाई माईतीबाट कुर्बानी पर्व अघि बिदा गर्ने सम्धी अहमदसँग सहमति भएको थियो। छोरी सानिया मर्नु अघि २ घन्टा अघि भिडियो कॉल गरेर भोलि आउने भन्दै आफ्नो आमालाई बताएकी थिइन्। सो समय छोरी निकै नै खुसीका साथ कुरा गरेकी थिइन्। त्यसको मात्र २ घन्टा पछी ज्वाईँ अरमान घरको छत माथिबाट कोठामा आएर छोरीको घाँटी थिचेर मारेको बुबा मोलाजीम रौशनले बताएका छन्।

छोरी सानियाको ६ महिना अघि अरमानसँग बिहे गर्दा दाईजोमा फर्नीचर, वासिङ मेशिन, फ्रिज, कुलर पंखा, नाक, कान, घाँटीमा सुनको गहना सुनको औंठी, लगायत सम्पूर्ण सामान दिएको उनले बताए। छोरी सानियाको बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाईकल त, कहिले १ लाख भारु माग गरेको, केही दिन अघि घरमा एसी जडान गर्न माग गरिएको थियो।

उनीहरूको माग पुरा गर्न नसकेको कारण बिशेष गरी सम्धिनिसँग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।

सम्धी अहमदको अर्को छोरा लालबाबु राय भाटसँग आफ्नो अर्की छोरी नगमा प्रविनको १० बर्ष अघि विहे गराएका थिए। अहिले नाति नातिनी सबै छन र उनीहरू खुसीका साथ गुजारा गरिरहेका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले हिजो बुधवार अर्की छोरी नगमा र ज्वाईँ लालबाबुलाई बोलाएर ब्यान लिँदा घटनामा आरोपी अरमान पुरै दोषी भएको बयान दिएको मोलाजीमको भनाई रहेको छ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना सम्बन्धमा अनेक कोणबाट अनुसन्धान भईरहेको जनाए । मुख्य आरोपीलाई झिकाउन प्रहरी पठाए पनि उनी सम्पर्क बिहिन भएका छन्।

यस घटनाबारे मुद्दा दर्ता गर्न नगर्न कैयौं मानिसबाट सिफारिसका साथ अनेक प्रकारका प्रस्ताव आईरहेको डिएसपी कार्कीले स्वीकार गरेका छन्। मानिसको ज्यान गएको घटना हो, सिफारिस गर्नेको कुरा छोडौं, सिफारिस आईरहन्छ तर अनुसन्धानबाट दोषी ठहर भएमा कारवाहीको दायरामा ल्याउने न्युजकारखानालाई जनाए ।

के हो घटना 

गत आईतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो। घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

पोष्टमार्टम पछी मृतकको शव माईती पक्षले बुझेर लगी सतगत गरिसकेका छन्। सानियाको सासु ससुरा लगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताईरहेका छन् भने माईती पक्षले छोरीको हत्या गरेर शव लाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन्।

मृतकको काका सोलाजीम रौशनले भने, ‘हामी भारतबाट आएका छौं, यहाँको भाषा, यहाँको कानुन बारे थाहा छैन तर यहाँको प्रहरी माथी विश्वास छ, हामीलाई अवश्य न्याय दिन्छु भनेका छन्। ज्वाईँ पक्षका केही मानिसले थाना म्यानेज गरिसकेको भनिरहेका छन तर मलाई डिएसपी कार्की र यहाँको कानुन माथी पूर्ण विश्वास छ ।’

कटहरिया नगरपालिका स्थित स्थानीय निकायको निर्वाचनमा पराजित भएका कतिपय दलका नेताहरु अहिले, प्रहरी, सरकारी वकील र अदालत सम्मको दलाली गरिरहेको स्थानीयहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

ताजा

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.