• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नवबिबाहिता मृत्युमा दाइजो प्रकरणः मुख्य आरोपी फरार, जोगाउन चलखेल

रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहित मुस्लिम महिलाको मृत्युको घटनासँग जोडिएका मुख्य आरोपी फरार भएका छन्।

घटनालाई दबाउन दोषीलाई कारवाहीबाट बचाउन अहिले बिचौलियाको चलखेल सुरु भएको छ। बिचौलियाले प्रहरीसँगै पीडित परिवारलाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका हुन्।

कटहरिया–३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया– ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको थियो।

माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गर्दै ईलाका प्रहरी कार्यालय गरुडामा आएका छन्। घटना पछी मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान फरार भएका छन्। तर, विचौलियाहरु भने दिनभरी ईलाका प्रहरी कार्यालय गरुडाको चक्कर लगाईरहेका छन्।

मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका–११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाईजोको कारण छोरी सानियालाई दैनिक जसो कुटपिट गरी ज्वाईँ अरमान सहित सपरिवार मिलेर हत्या गरेका हुन । बिहे भएको ६ महिना भयो तर बिभिन्न सामान, दाईजोमा र पैसा पनि माग गर्दै छोरीलाई एकपटक पनि माईती जान नदिएको उनीहरूको भनाइ रहेको छ।

घटनाको अघिल्लो दिन छोरी सानियासँग फोनमा कुराकानी भएको थियो। समधी अहमद रायले छोरीलाई माईती पठाउन सहमत भएका थिए। सोही सहमति अनुसार घटनाको १ दिन अघि छोरीले फोन गरेर भनेकी थिइन्, ‘बुबा गाड़ी लिएर भोलि आउनु होला साथसाथ घर जाने हैं ।’

छोरीलाई माईतीबाट कुर्बानी पर्व अघि बिदा गर्ने सम्धी अहमदसँग सहमति भएको थियो। छोरी सानिया मर्नु अघि २ घन्टा अघि भिडियो कॉल गरेर भोलि आउने भन्दै आफ्नो आमालाई बताएकी थिइन्। सो समय छोरी निकै नै खुसीका साथ कुरा गरेकी थिइन्। त्यसको मात्र २ घन्टा पछी ज्वाईँ अरमान घरको छत माथिबाट कोठामा आएर छोरीको घाँटी थिचेर मारेको बुबा मोलाजीम रौशनले बताएका छन्।

छोरी सानियाको ६ महिना अघि अरमानसँग बिहे गर्दा दाईजोमा फर्नीचर, वासिङ मेशिन, फ्रिज, कुलर पंखा, नाक, कान, घाँटीमा सुनको गहना सुनको औंठी, लगायत सम्पूर्ण सामान दिएको उनले बताए। छोरी सानियाको बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाईकल त, कहिले १ लाख भारु माग गरेको, केही दिन अघि घरमा एसी जडान गर्न माग गरिएको थियो।

उनीहरूको माग पुरा गर्न नसकेको कारण बिशेष गरी सम्धिनिसँग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।

सम्धी अहमदको अर्को छोरा लालबाबु राय भाटसँग आफ्नो अर्की छोरी नगमा प्रविनको १० बर्ष अघि विहे गराएका थिए। अहिले नाति नातिनी सबै छन र उनीहरू खुसीका साथ गुजारा गरिरहेका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले हिजो बुधवार अर्की छोरी नगमा र ज्वाईँ लालबाबुलाई बोलाएर ब्यान लिँदा घटनामा आरोपी अरमान पुरै दोषी भएको बयान दिएको मोलाजीमको भनाई रहेको छ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना सम्बन्धमा अनेक कोणबाट अनुसन्धान भईरहेको जनाए । मुख्य आरोपीलाई झिकाउन प्रहरी पठाए पनि उनी सम्पर्क बिहिन भएका छन्।

यस घटनाबारे मुद्दा दर्ता गर्न नगर्न कैयौं मानिसबाट सिफारिसका साथ अनेक प्रकारका प्रस्ताव आईरहेको डिएसपी कार्कीले स्वीकार गरेका छन्। मानिसको ज्यान गएको घटना हो, सिफारिस गर्नेको कुरा छोडौं, सिफारिस आईरहन्छ तर अनुसन्धानबाट दोषी ठहर भएमा कारवाहीको दायरामा ल्याउने न्युजकारखानालाई जनाए ।

के हो घटना 

गत आईतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो। घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

पोष्टमार्टम पछी मृतकको शव माईती पक्षले बुझेर लगी सतगत गरिसकेका छन्। सानियाको सासु ससुरा लगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताईरहेका छन् भने माईती पक्षले छोरीको हत्या गरेर शव लाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन्।

मृतकको काका सोलाजीम रौशनले भने, ‘हामी भारतबाट आएका छौं, यहाँको भाषा, यहाँको कानुन बारे थाहा छैन तर यहाँको प्रहरी माथी विश्वास छ, हामीलाई अवश्य न्याय दिन्छु भनेका छन्। ज्वाईँ पक्षका केही मानिसले थाना म्यानेज गरिसकेको भनिरहेका छन तर मलाई डिएसपी कार्की र यहाँको कानुन माथी पूर्ण विश्वास छ ।’

कटहरिया नगरपालिका स्थित स्थानीय निकायको निर्वाचनमा पराजित भएका कतिपय दलका नेताहरु अहिले, प्रहरी, सरकारी वकील र अदालत सम्मको दलाली गरिरहेको स्थानीयहरूले बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने
    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    • नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने
    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.