रौतहटमा दुर्घटनामा परेका युवकको मृत्यु
रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एकजना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको छ।
मृतकको पहिचान र दुर्घटना भएको गाडीको हालसम्म यकिन खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।
गएराति १० बजेको समयमा चन्द्रपुर–४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाईते अवस्थामा लडेको फेलापरेको थियो।
प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्दार गरी उपचारको लागी स्थानिय अस्पतालमा पठाईएकोमा डाक्टरले मृत् घोषणा गरेको डिएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडी बाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको डिएसपी राईको भनाई रहेको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
