• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ फागुन २०८२, शनिबार
०९ फागुन २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा

हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

हरेक उकालोमा आत्मविश्वास :  अरूभन्दा किन फरक छ कायलाक अटोमेटिक

जिली अटो ग्रुपद्वारा विकसित अत्याधुनिक ब्याट्री प्रविधि, नेपालमा ईएक्स५ मार्फत उपलब्ध

मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर

ह्वातै बढ्यो सुनचाँदीको मुल्य

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

  • ४. २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ८. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

  • ९. नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला

  • १०. २०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भई हाल काठमाडौं-५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेका छन्।

दुबैलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरिएको आचार्यले बताए।

उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे। सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउँथे।

अनि विस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे। त्यस्ता भेटघाटहरू विशेष रूपमा नियोजित हुने गरेका थिए।

आचार्यका अनुसार उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पीडितको फोटो र भिडियो खिच्थे।

अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीहरूलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौं भन्दै धम्क्याइन्थ्यो।’

त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैं सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्थे।

काठमाडौंमा भएको पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा माग गरेका थिए। पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न दुवै युवतीले पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका थिए। उनीहरूले फेसबुकमार्फत् रोजगारी वा सम्बन्धको झुठो प्रस्ताव गरेर लक्षित व्यक्तिहरूसँग सम्पर्क बनाउँथे। अनि व्यक्तिगत भेटघाटमा पुगेर उनीहरूलाई फसाउने योजनामा संलग्न हुन्थे।

प्रहरीले यो घटनालाई ‘हनी ट्रयाप’ अर्थात् भावनात्मक सम्बन्धको जालमा पारेर गरिने ठगीको आधुनिक स्वरूपको रूपमा व्याख्या गरेको छ। काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र डिजिटल मिडिया प्रयोग गरेर ठगी गर्ने घटनाहरू बढ्दो क्रममा छन्।

आचार्यका अनुसार हालसम्म यो गिरोहले कति जनालाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनले भने, ‘गोप्य फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने प्रवृत्ति खतरनाक रूपमा विस्तार भएको छ। यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिक सचेत हुनु आवश्यक छ।’

पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा
हरेक उकालोमा आत्मविश्वास :  अरूभन्दा किन फरक छ कायलाक अटोमेटिक

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

ताजा

२०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा

हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ११ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
  • ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
  • काठमाडौँ उपत्यकाबाहिर महानगर यातायातको विद्युतीय सेवा विस्तार :  २० माइक्रोबस सञ्चालनमा
  • हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह
  • हरेक उकालोमा आत्मविश्वास :  अरूभन्दा किन फरक छ कायलाक अटोमेटिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.