प्रभु बैंक तथा इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता
पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्सोट बीच व्यवसायिक साझेदारीको लागि ११ गते एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मिति ११ गते एक समारोहका बीच इला कम्र्फट होटल एण्ड रिर्सोटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एन.बि.सि.ओ.)– राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पुजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थिहरुको बाक्लो उपस्थिती हुने गर्दछ । बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ ।
पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्र्फट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोट विच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


