‘मधेश टु महाभारत’ यात्रा उल्टो मोटरसाइकलमा अनौठो सांस्कृतिक अभियान
बर्दिवास, महोत्तरी। कला र संस्कृतिको संरक्षण तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा सुरु गरिएको ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको बताइएको छ ।
जेठ ९ गते बर्दिवासबाट सुरु भएको यो अनौठो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेको हो । “मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक” भन्ने नाराका साथ पोखरेल नेतृत्वको २५ सदस्यीय टोलीले यात्रा अवधिभर विविध सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागिता रहेको थियो ।

कार्यक्रमका संयोजक सुबोध कट्टेलका अनुसार यो अभियानको मुख्य उद्देश्य मौलिक कला र संस्कृतिको संरक्षण गर्नुका साथै पर्यटन र स्वास्थ्यबीचको सम्बन्धलाई प्रोत्साहन गर्नु रहेको छ । “संस्कृति, स्वास्थ्य र पर्यटनलाई जोड्दै समाजमा सकारात्मक सन्देश फैलाउनु हाम्रो लक्ष्य हो,” उनले बताए ।

यात्राको प्रमुख आकर्षण उल्टो मोटरसाइकलमा यात्रा गर्ने पोखरेल विगतदेखि नै यस्ता अनौठा यात्रामा सक्रिय रहँदै आएको बताइएको छ। वि.सं. २०६३ सालमा उनले शान्तिको सन्देश बोकेर मेचीदेखि महाकालीसम्म उल्टो साइकल यात्रा गरेका थिए । पछिल्ला केही वर्षदेखि उनी उल्टो मोटरसाइकल कुदाउने अभ्यासमा लागिपरेका छन् ।
पेशाले स्वास्थ्यकर्मीसमेत रहेका पोखरेल एक गायकको रूपमा पनि चिनिन्छन् । उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् । हाल उनी यस किसिमको विशिष्ट यात्रामार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारीमा रहेको जनाइएको छ ।

उक्त अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न हुनुका साथै वडा नं. १ र ३ को सहकार्य र गौरीवास युथ क्लबको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताइएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


