७३ बर्ष पछि पनि नहटने भो साउदीमा मदिरामाथी लगाइएको प्रतिबन्ध
रियाद । साउदी अरबमा मदिरा माथिको प्रतिबन्ध हटने भन्ने समाचार हल्ला मात्रै भएको छ। साउदी अधिकारीहरूले खाडी देशमा मदिरा माथिको ७३ वर्षदेखिको प्रतिबन्ध हटाउने कुनै योजना नरहेको बताएका छन् ।
साउदीले मदिरा माथी प्रतिबन्ध हटाउने केही मिडियाले दाबी गरे पनि त्यसलाई रिपोर्टलाई अस्वीकार गरेको छ ।
सन् २०३४ मा साउदी अरेबियाले फुटबल विश्वकप आयोजना गर्ने तयारी गरिरहेकाले मदिरा माथीको ७ दशक लामो प्रतिबन्ध हटाउन लागिएको मिडियामा दाबी गरिएको थियो ।
समाचारमा भनिएको थियो कि साउदी अधिकारीहरुले पर्यटकहरुलाई मदिरा बेच्ने योजना बनाइरहेका छन् । गत हप्ता मात्रै यो दाबी एक वाइन ब्लगमा प्रकाशित भएको त्यसपछि यो खबर अन्तर्राष्ट्रिय मिडियामा फैलिन पुगेको थियो।
यद्यपी यो समाचारको स्रोतबारे भने केही जानकारी दिइएको छैन । एक समयको गहिरो रूढिवादी देशले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्न तथा पर्यटक र अन्तर्राष्ट्रिय व्यवसायहरूलाई आकर्षित गर्न केही प्रतिबन्धहरूमा भने अहिले कम गरेको छ।
तर खाडी राष्ट्रहरूमध्ये साउदी अरेबिया र कुवेत मात्र छन्, जहाँ मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
