७३ बर्ष पछि पनि नहटने भो साउदीमा मदिरामाथी लगाइएको प्रतिबन्ध
रियाद । साउदी अरबमा मदिरा माथिको प्रतिबन्ध हटने भन्ने समाचार हल्ला मात्रै भएको छ। साउदी अधिकारीहरूले खाडी देशमा मदिरा माथिको ७३ वर्षदेखिको प्रतिबन्ध हटाउने कुनै योजना नरहेको बताएका छन् ।
साउदीले मदिरा माथी प्रतिबन्ध हटाउने केही मिडियाले दाबी गरे पनि त्यसलाई रिपोर्टलाई अस्वीकार गरेको छ ।
सन् २०३४ मा साउदी अरेबियाले फुटबल विश्वकप आयोजना गर्ने तयारी गरिरहेकाले मदिरा माथीको ७ दशक लामो प्रतिबन्ध हटाउन लागिएको मिडियामा दाबी गरिएको थियो ।
समाचारमा भनिएको थियो कि साउदी अधिकारीहरुले पर्यटकहरुलाई मदिरा बेच्ने योजना बनाइरहेका छन् । गत हप्ता मात्रै यो दाबी एक वाइन ब्लगमा प्रकाशित भएको त्यसपछि यो खबर अन्तर्राष्ट्रिय मिडियामा फैलिन पुगेको थियो।
यद्यपी यो समाचारको स्रोतबारे भने केही जानकारी दिइएको छैन । एक समयको गहिरो रूढिवादी देशले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्न तथा पर्यटक र अन्तर्राष्ट्रिय व्यवसायहरूलाई आकर्षित गर्न केही प्रतिबन्धहरूमा भने अहिले कम गरेको छ।
तर खाडी राष्ट्रहरूमध्ये साउदी अरेबिया र कुवेत मात्र छन्, जहाँ मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

