गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु
काठमाडौं । मस्तिष्क जस्तो आकारको ओखरले मानसिक कार्य सम्पादन सुधार गर्न मद्यत गर्दछ । ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटीन र फलामजस्ता प्रशस्त तत्व र गुणहरु रहेका हुन्छन्। सही तरिकाले खाँदा ओखरका धेरै स्वास्थ्य लाभहरू रहेका छन्।
ओखर खाने सबैभन्दा राम्रो उपाय भनेको रातभर भिजाएर बिहान खानु हो। यसका लागि एक कप पानीमा २–४ ओखरको टुक्रा रातभर भिजाउनु होस् । अर्को बिहान तिनीहरूलाई खानुहोस् । भिजेको ओखरले शरीरमा हानिकारक कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। साथै, नियमित ओखर सेवनले पाचन प्रणालीमा पनि सहयोग गर्दछ ।
जब ओखर भिजाइन्छ, तपाईंको शरीरले पोषक तत्वहरू अझ सजिलै अवशोषित गर्न सक्छ। आउनुहोस, जानौं ओखरका फाईदाहरु:
निद्रामा सुधार
ओखरले मुख्यतय निद्रा सुधार गर्दछ । यसमा मेलाटोनिन नामक तत्व पाईन्छ, जसले निन्द्रा बढाउन फाइदाजनक मानिन्छ । यदि तपाईंले बिहान र सुत्नु अघि भिजेको ओखरको सेवन गर्नुभयो भने यसले तपाईंलाई राम्रोसँग निदाउन मद्दत गर्छ।
तौल कम गर्न
अर्को पटक भोक लाग्दा अब जंक फूड नखानुहोस्। यसको सट्टा ओखर खानुहोस्। अखरोट खाएपछि, तपाईं पेट भरिएको महसुस गर्नुहुन्छ, जसले तपाईको शरिरकोा तौल घटाउन प्रोत्साहन दिन्छ। यसले भोक कम गर्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
ओखरमा एन्टिअक्सिडेन्ट र पोषक तत्वहरू हुन्छन्, जसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ। यसका साथै रोग प्रतिरोधी क्षमता बढाउन दूधको सेवन पनि गर्न सकिन्छ ।
प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट
ओखरमा उच्च एन्टिअक्सिडेन्ट हुन्छ, जसले हाम्रो छालालाई पराबैंगनी किरणहरूबाट जोगाउन सक्छ, जुन हामी प्राय: गर्मीमा सम्पर्कमा रहन्छौं।
सूजन कम हुन्छ
धेरै पुरानो रोगहरू सूजनबाट सुरु हुन्छ, जुन अक्सिडेटिभ तनावको कारण हुन सक्छ। ओखरमा पाइने पोलिफेनोलले सूजन र अक्सिडेटिभ क्षति विरुद्ध लड्न मद्दत गर्न सक्छ। यसले गर्मीको सूजन कम गर्न मद्दत गर्न सक्छ।
कोलेस्ट्रोल घटाउँछ
हृदय रोगको जोखिम लामो समयदेखि कोलेस्ट्रोल र ट्राइग्लिसराइड स्तरहरूसँग सम्बन्धित रहेको हुन्छ। ओखर नियमित खानुहोस्, कोलेस्ट्रोलको मात्रा कम हुन्छ। यद्यपि खराब कोलेस्ट्रोल वर्षको कुनै पनि समयमा बढ्न सक्छ, नियमित रूपमा अखरोट खाँदा यसले सो रोगसँग लड्न मद्दत गर्न सक्छ।
ऊर्जाका लागि
ओखर फ्याट, फाइबर र प्रोटिनले भरिपूर्ण हुन्छ, जसले तपाईंलाई गर्मी महिनाहरूमा दिनभर ऊर्जा दिन्छ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
