करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
मुम्बई । करण जोहरको आगामी रियालिटी शो ‘ट्रेटर्स’ घोषणा भएदेखि नै चर्चामा छ ।
यो शो प्रख्यात डच रियालिटी शृंखला ‘डे भेराडर्स’ को भारतीय रूपान्तरण हो, जसले विश्वभर निकै लोकप्रियता हासिल गरेको छ।
धेरै सेलिब्रेटीहरू शोको एक हिस्सा हुन लागेको हल्ला चलेको छ, जस मध्ये राज कुन्द्राको पुष्टि पनि एक हो, जसले सबैभन्दा बढी ध्यान खिचेको छ । र समाचार अनुसार राज कुन्द्रा ‘ट्रेटर’ मा अहिलेसम्मकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतासमेत बनेका छन् ।
उनको वरिपरि रहस्यको तह छफ जसले उनलाई टिभी शोको लागि रोचक बनाउँछ र यो उनको पहिलो रियालिटी शो हो। करण कुन्द्रा, जस्मिन भासिन, अपूर्व मुखिजा, उर्फी जावेद, रफ्तार, महीप कपूर, सुफी मोतीवाला, एल्विश यादव र अन्य पनि यसमा हुनेछन् । अफवाहलाई विश्वास गर्ने हो भने यस शोमा हर्ष गुर्जराल, मुकेश छाबरा, जन्नत जुबैर, पूरव झा जस्ता नाम पनि देख्न सकिन्छ । ‘ट्रेटर्स’ को जुन १२, २०२५ मा अमेजन प्राइम भिडियोमा प्रिमियर हुदैँछ । र, नयाँ एपिसोडहरू हरेक बिहीबार राति ८ः०० बजे रिलिज हुनेछन्।
यसैबीच, राज कुन्द्रा पनि भारतीय फिल्म उद्योगमा प्रगति गर्दै छन् र अब उनी पञ्जाबी सिनेमामा प्रवेश गर्दै छन्। निर्देशक राकेश मेहताले निर्देशन गरेको उनको डेब्यू पञ्जाबी फिल्म ‘मेहेर’ मा राज कुन्द्रालाई अनौठो चरित्रमा प्रस्तुत गरिएको छ । यो कथाले प्रेम, मित्रता र जीवन जस्ता भावनात्मक पक्षहरूलाई छुने विश्वास गरिएको छ
खासमा ‘मेहेर’ ५ सेप्टेम्बर २०२५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ। यो त सुरुवात मात्र हो, खासमा राज कुन्द्राका थप दुई पञ्जाबी फिल्महरू पाइपलाइनमा छन्। उनको विवरण अहिले गोप्य राखिएको भए पनि उनले अब के ल्याउने भनेर दर्शक उत्सुकतापूर्वक पर्खिरहेका छन् ।
सम्बन्धित समाचार
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
