यामाहा नेपालले ल्यायो एमटी- १५भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर
काठमाडौं । यामाहा नेपालले एमटी- १५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ। अबदेखि नयाँ एमटी- १५ भर्सन २ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन्। जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ।
नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन्। अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम जनाइएको छ।
यो अफर विशेष रूपमा नेपालले एमटी- १५ भि२ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ। यसबारे बोल्दै एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “एमटी-१५ भर्जिन २ स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ। यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौं। यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न प्रतिबद्ध छ।”
एमएडब्ल्यू राइड्स अन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो। जापानी इन्जिनियरिङको उत्कृष्टता, भरपर्दो प्रदर्शन र प्रयोगकर्ता केन्द्रित इनोभेसनका आधारमा नेपालको मोटरसाइकल क्षेत्रलाई निरन्तर नेतृत्व गर्दै अगाडि बढाइरहेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री