Jankari Kendra
९ श्रावण २०८३, शनिबार

वृक्षारोपण अभियानसँगै केईले सम्पन्न गर्‍यो ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, जेष्ठ, २०
वृक्षारोपण अभियानसँगै केईले सम्पन्न गर्‍यो ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

काठमाडौं । नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले महत्वपूर्ण र वातावरणप्रति सचेत ग्राहकहरुका लागि ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक इभेन्ट सम्पन्न गरेका छन् । गत शनिबार सम्पन्न सो इभेन्टमा ८० जनाको सहभागिता रहेको थियो, जसमा उत्सुक सहभागीका साथै ग्राहक र उनीहरुका परिवार समेत सम्मिलित थिए ।

सो अवसरमा ग्राहक, प्रकृति प्रेमी र वातावरण अभियन्ताहरुलाई एकै स्थानमा लिएर दिगो मोबिलिटी र वातावरणीय उत्तरदायित्वका वारेमा सचेतनामुलक कार्यक्रम गरिएको बताइएको छ।

र्‍यालीमा केई एक्स३ प्रो, ई–क्युट ०२, र ई–क्युट ०४ सहित केईका नवीन विद्युतीय मोडेलहरूको काफिला प्रस्तुत गरिएको थियो, जसले दिगो यातायातप्रति ब्रान्डको प्रतिबद्धता प्रदर्शन गर्‍यो । र्‍याली थापाथलीबाट सुरु भएर गोदावरीसम्म पुग्यो, जहाँ सहभागीहरूले मार्बल हिल्सको सुन्दर पदयात्रा सुरु गरे । यात्रा केवल ड्राइभ मात्र थिएन, यो हरियो मूल्य, प्रकृति प्रशंसा र वातावरणीय जिम्मेवारीको उत्सव समेत भएको कम्पनीले बताएको छ ।

सो अवसरमा गोदावरी जंगलमा वृक्षरोपण समेत गरियो । सहभागीहरुले ७० भन्दा बढी वृक्षरोपण गरेर केई ब्रान्डको हरित भविष्यप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेका छन् । यसबाट कार्बन उत्सर्जनमा कमी ल्याई स्थानीय इकोसिस्टममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको जनाइएको छ ।

कार्यक्रममा रमाइलो समूह गतिविधिहरू, खेलहरू र जलपान पनि समावेश गरिएको थियो, जसले सबै सहभागीहरूका लागि रमाइलो र अन्तरक्रियात्मक वातावरण सिर्जना गर्‍यो।

सो अवसरमा मार्बल हिल्समा विभिन्न गेम र रिफ्रेसमेन्ट लगायतका विभिन्न सामूहिक क्रियाकलाप समेत आयोजना गरिएको थियो । यसबाट सहभागीहरुमा अन्तरक्रिया र रमाइलोपनाको अनुभव भएको थियो ।

वातावरणीय पहलसँग विद्युतीय गतिशीलता मिसाएर, केईले यस्ता कार्यक्रमहरू मार्फत सफा, हरियाली भविष्यलाई प्रवर्द्धन गर्न जारी राखेको कम्पनीले जनाएको छ ।

युट्युब सट्स