Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

सर्लाहीमा कन्टेनरको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, २३
सर्लाहीमा कन्टेनरको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु

सर्लाही । सर्लाही स्थित्त बागमती नगरपालिका ११ बागमती पुल नजिकै पुर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाईकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने कान्छा लाल योन्जनको छोरा बर्ष २१ को गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।

गएराती १० बजे बागमती पुल छेउमा  चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडिले बिपरित दिशा तर्फबाट  जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७ मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक  गोपाल योन्जनको शरिरको बिभिन भागमा चोट लागेको थियो।

घाईते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात  थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राती ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिएका छन्।

दुर्घटनामा परेको मोटरसाईकल,कन्टेनर डब्बा गाडी र कन्टेनर चालक  मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने  बर्ष ३८ को ओम बहादुर  लामालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स