सिटिजन्स बैंकका ग्राहकलाई लाइफ क्युइस्ट ल्याबमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरीस्थित लाइफ क्युइस्ट क्लिनिकल ल्याब प्रा।लि।बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। समझदारीअनुसार अब सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ल्याब सेवामा २० प्रतिशतसम्मको छुट पाउनेछन्।
दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि बैंकले आफ्नो ग्राहकलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउने र डिजिटल कारोबारप्रति आकर्षित गराउने विश्वास लिएको छ। बैंकले जनाएको छ कि यस्तो सहकार्यले नगद कारोबार घटाउँदै डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ।
बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न उत्प्रेरित गर्न समय समयमा विभिन्न रियायत तथा सुविधाहरू ल्याउँदै आएको छ। यो सम्झौताले ग्राहकहरुलाई गुणस्तरीय ल्याब सेवा लिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोगबाट छुटको फाइदा लिन अवसर प्रदान गर्नेछ।
डिजिटल माध्यमबाट गरिने कारोबारमा पाइने छुटको विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध रहेको जानकारी पनि बैंकले दिएको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


