सशस्त्र प्रहरीद्वारा १५ लाख बराबरको अबैध कपडा बरामद
जनकपुरधाम । धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १५ लाख बराबरको कपडा संयुक टोलीले बरामद गरेको हो। बरामद कपडा आवशयक कारवाहीको लागि शुक्रवार जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशको प्रमुख डिआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा सक्रिय भएर तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।
डिआईजी ढकाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुखको रूपमा हाजिर भएदेखि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ । डिआईजी ढकालले राजश्व छली, तस्करी, अपराधिक क्रियाकलापहरु विरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रदेशभरिका सशस्त्र प्रहरीलाई कडा निर्देशन दिएको बताएका छन् ।
उनले आर्थिक, राजनीतिक ,सामाजिक कुनै किसिमको दबाब प्रभावमा नपरेर काम गर्न निर्देशन दिएका छन्।
सम्बन्धित समाचार
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

