मध्य चमेलिया जलविद्युत आयोजना निर्माणमा नेपाल बैंक र नविल बैंकले सवा ४ अर्ब लगानी गर्ने
काठमाडौं । अपि पावर कम्पनीको सहायक संस्था दार्चुला पावरले निर्माण गर्न लागेको २८।३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाका लागि नेपाल बैंकको नेतृत्वमा नविल बैंकले ऋण लगानी गर्न सहमति जनाएका छन्।
नेपाल बैंक र नविल बैंकले संयुक्त रूपमा पाँच अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गर्न सहमति जनाएका हुन्। आयोजनालाई आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए। बुधबार साँझ आयोजना प्रवद्र्धक कम्पनी र ऋण लगानीकर्ताबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको थियो।
आयोजनामा नेपाल बैंकले २ अर्ब २४ करोड ५ लाख र नबिल बैंकले २ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । दार्चुला पावरको २५ प्रतिशत स्वपुँजी छ । दार्चुला पावर अपि पावर कम्पनीको सहायक कम्पनी हो । वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


