Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, २५
दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

मुम्बई । दीपिका पादुकोणले हालै आफ्नो पहिलो सन्तानलाई स्वागत गरेकी छिन् र उनी पहिलो सन्तानको हेरचाहमा ब्यस्त रहेकी छिन् ।

तर रिपोर्टका अनुसार उनले आफ्नो व्यक्तिगत जीवनमा यतिखेर भने निरन्तर असफलताको सामना गरिरहेकी छिन् । सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’ बाट अभिनेत्रीलाई ‘ड्प’ गरिसके पछि पछिल्लो समाचार यो आएको छ कि उनलाई प्रभास स्टारर ‘कल्कीः २’ बाट पनि हटाइएको छ ।

बलिउड मुभीको एक रिपोर्ट अनुसार आमा बनेपछि दीपिकाले कम समय मात्रै काम गर्ने जनाएका कारण कल्कीः२ को सेटमा तनाव भइरहेको छ। रिपोर्टमा भनिएको छ कि जसका कारण कल्किः२ का निर्माताहरूले उनलाई फिल्मबाट पूर्ण रूपमा हटाउने विचार गरिरहेका छन्।

यद्यपी अभिनेत्री वा निर्माताले यसबारेमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

यसअघि, दीपिका पादुकोणलाई शुल्क र ‘अव्यवसायिक व्यवहार’ मा असहमतिको आधारमा ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले ‘स्पिरिट’ बाट हटाइएको सार्बजनिक भएको थियो।

सो घटनासँग नजिक रहेको एक स्रोतले बलिउड हंगामालाई जानकारी दिएका थिए कि दीपिका पादुकोणले स्पिरिटको लागि दिनमा ६ घण्टाभन्दा बढी शूटिङ गर्न अस्वीकार गरे पछि सन्दीप रेड्डी वांगा छक्क परेका थिए । यति मात्र होइन, अभिनेत्रीले आफ्नो एजेन्सीमार्फत सम्झौतामा संशोधनको माग पनि गर्न थालेकी थिइन् । उनीहरुको तर्क थियो– यदि १०० दिनभन्दा बढी समयसम्म सुटिङ चलिरह्यो भने दीपिकाले कागजमा लेखिएको प्रतिबद्धताभन्दा माथिको सुटिङको प्रत्येक दिनको अतिरिक्त शुल्क तिर्नुपर्नेछ।

जुन कुरा सन्दिप रेड्डीले अस्विकार मात्रै गरेनन, उनले फिल्मको स्क्रिप्ट पनि सार्बजनिक गरिदिएको घुमाउरो पारामा सामाजिक सञ्जालवाट दोषसमेत लगाएका थिए ।

Top Changing Nepal

युट्युब सट्स