पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी
म्युनिख, जर्मनी । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतवार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ।
अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले गोल गरेपछि पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधी हासिल गरेको हो ।
पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो । मार्टिन जुबिमेन्डीले पोर्चुगलबिरूद्द २१ मिनेटमा गाेल गरेर स्पेनलाई अग्रता दिलाएका थिए भने त्यसको ५ मिनेटपछि नै उत्कृष्ट नुनो मेन्डेसले खेललाई बराबरीमा ल्याउन सफल भए।
तर, गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। पहिलो हाफमा स्पेनले २–१ को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा थप गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन।
त्यसमाथी अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने दिन सकेन् । अन्ततः खेल पेनाल्टी सुटमा जान विवश भयो ।
पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाएका थिए। अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।
यो जित पोर्चुगलको लामो इतिहासमा इबेरियन प्रतिद्वन्द्वी स्पेनमाथिको दोस्रो प्रतिस्पर्धात्मक जीत हो। पोर्चुगलको एक मात्र प्रतिस्पर्धात्मक खेलमा स्पेन माथि १–० को जित थियो, जसले स्पेनियार्ड्सलाई युरो २००४ बाट बाहिर निकालेको थियो।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

