अक्षयको हाउसफूलः५ ले बक्स अफिसमा मच्चायो तहल्का
मुम्बई । अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ ले रिलिजको दुई दिनमै तहल्का मच्चाएको छ ।
भारतीय बक्स अफिसमा अहिलेसम्म ५६ करोड भारु कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हाउसफूलः५ को गति रोकिने संकेत देखिएको छैन । निर्माताहरुका अनुसार फिल्मले शनिबार ३२.३८ करोड कमाएको छ । जहाँ पहिलो दिन अर्थात शुक्रबार २४ करोड ३५ लाखको कारोबार भएको थियो । यस्तो अवस्थामा यो फिल्मले तेस्रो दिन २५.२५ करोड कमाएको छ । त्यसैले सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ दिनमा करिब ८० करोड कलेक्सन गरिसकेको छ ।
उता, चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
यसैबीच अक्षय कुमार पनि मास्क लगाएर सर्वसाधारणको बीचमा पुगेका थिए । यस क्रममा उनी आफै थिएटर बाहिर उभिएर दर्शकले फिल्मलाई कस्तो मन पराए भन्ने जान्न खोजेका थिए । जब शो समाप्त भयो र मानिसहरू थिएटरबाट बाहिर आए, अक्षयले उनीहरूलाई फिल्मको समीक्षाको लागि सोधे।
चाखलाग्दो कुरा यो थियो कि मास्कका कारण उनलाई कसैले पनि चिन्न सकेनन् तर दर्शकको प्रतिक्रियाले उनी उत्साहित भने देखिएका छन् ।
अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख बाहेक करिब एक दर्जन स्टारको अभिनय रहेको फिल्म ‘हाउसफुल ५’ शुक्रबार रिलिज भएको हो । यो फिल्मको २ घण्टा ४५ मिनेट लामो छ । अधिकांस मिडियाले यो फिल्मलाई ५ मध्ये ३.५ स्टारसमेत दिएका छन् ।
कमेडीले भरिपुर्ण रहने हाउसफूलको यो फेन्चाइजीलाई पनि दर्शकहरूले अत्याधिक माया गरिरहेका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

