Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

समाज र ग्रामीण विकास लघुवित्तको मर्जर प्रस्तावलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, २७
समाज र ग्रामीण विकास लघुवित्तको मर्जर प्रस्तावलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीचको मर्जर (गाभ्ने/गाभिने)  प्रस्तावलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। केन्द्रीय बैंकले जेठ २२ गते दुवै लघुवित्तलाई मर्जर प्रक्रियाका लागि अघि बढ्न स्वीकृति दिएको हो।

यसअघि, दुवै संस्थाले फागुन १७ गते आपसमा मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ भने ग्रामीण विकास लघुवित्तको कार्यालय बुटवलमा रहेको छ।

Top Changing Nepal

युट्युब सट्स