बंगलादेशमा रबिन्द्रनाथ टैंगोरको निवासमा तोडफोड
ढाका । कट्टरपन्थीहरूको भीडले बंगलादेशको सिराजगञ्जमा रहेको महान कबि रवीन्द्रनाथ टैगोरको पुर्ख्यौली निवासमा आक्रमण गरेका छन ।
कचहरी घर भनेर चिनिने कबि टैगोरको पुर्ख्यौंली घरमा भारी तोडफोड गरिएको हो, जो अहिले संग्रालयको रूपमा राखिएको छ ।
जमात ए इस्लामी र हिफाजत ए इस्लामका कट्टरपन्थीहरूको भीडले ट्यागोरविरुद्ध नारासमेत लगाएको बंगलादेशका स्थानिय मिडियाहरूले जनाएका छन् । सो खबर पाएलगत्तै शहजादपुर थानाको प्रहरी घटनास्थलमा पुगे पनि अभियुक्तमाथि कुनै कारबाही नभएको जनाइएको छ।
यस विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरी चौकी इन्चार्ज अस्लम अलीले बताए ।एफआइआर अहिलेसम्म दर्ता भने भएको छैन। लामो कोलाहलपछि प्रहरी फर्किए पनि साँझसम्म कट्टरपन्थीहरू घटनास्थलमा जम्मा रहिरहेका थिए ।
राजधानी ढाकाबाट करिब १२५ किलोमिटरको दुरीमा रहेको गुरुदेव टैगोर पैतृक गृहलाई संग्रहालयको दर्जा दिइएको छ । गुरुदेव रवीन्द्रनाथ टैगोरका मामा द्वारकानाथ टैगोरले १८४० मा यो दरबार घर बनाएका थिए।
स्रोतका अनुसार कट्टरपन्थीहरूले मंगलबार संग्रहालयका निर्देशक सिराजुल इस्लामले एक व्यक्तिलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । जबकि इस्लामले यस्तो कुनै पनि घटनालाई अस्वीकार गरेका छन।
स्थानिय प्रहरीले अनुसन्धानका क्रममा पनि संग्रहालयमा कोही बन्धक भेटिएको थिएन । तर, केही बेरमै उत्तेजित कट्टरपन्थीहरुको भीड घटनास्थलमा जम्मा भएका थिए कट्टरपन्थीले दुई–तीन दिनदेखि सो संग्रालय भवनमा तोडफोड गर्ने षड्यन्त्र रचेको बताइएको छ ।
त्यसैले, घटनास्थलमा भीड जम्मा भयो । म्युजियम नजिकै पसल चलाउने एक पसलले नाम न छाप्ने सर्तमा कट्टरपन्थीहरुले आक्रमणको योजना बनाएको बताए ।
आक्रमणकारीमा स्थानीय बासिन्दाहरू भने समावेश थिएनन्। यो ट्यागोरको संग्रहालय भएकोले यहाँ ठूलो संख्यामा पर्यटक आउने गर्दछन्। यसले नजिकका पसलवालाहरूलाई राम्रो आम्दानी दिने गरेको छ । सो आक्रमण अघि कट्टरपन्थीले यहाँ र्याली पनि निकालेका थिए ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
