काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बिच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बिच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले हस्ताक्षर गरेका हुन्। दुवैको हस्ताक्षरसँगै व्यावसायिक सेवा आरम्भ गरिएको छ।
यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ। बैंकका २ सय ७५ शाखामार्फत बचत खाता खोली १० लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट काडर्, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको बैंक सीईओ पाण्डेले जानकारी दिए ।
सम्झौताबाट इन्जिनियर्स एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।