एनएमबि बैंक लि. द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । ताप्लेजुङको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडले ऋण लगानी गर्ने भएको छ ।
यस सम्बन्धमा एनएमबि बैंक लि. र काङ हाइड्रोपावर कम्पनी लि बीच वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एनएमबि बैंकको तर्फबाट चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्गका दिनेश दुलाल र काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाबीच ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे र कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले सम्झौता पत्र आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा एनएमबि बैंकका सीईओ घिमिरेले आयोजना तोकिएको लागत र समयसीमा भित्रै सम्पन्न गर्न र निर्माणका क्रममा प्राविधिक, वातावरणीय तथा सामाजिक पक्षको यथोचित व्यवस्थापन गर्न आग्रह गरे । उनले आयोजनाको दीर्घकालीन स्थायित्वका लागि यी पक्षमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले आयोजनाको समयमै सम्पन्नता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरे ।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजना निर्माणका लागि लगानी गरिसकेको छ । वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको Environmental and Social Risk Management, 2022 को निर्देशनअनुसार एनएमबि बैंकले आफ्नो वातावरणीय तथा सामाजिक नीति तयार गरेको छ । सोहीअनुसार बैंकले वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरी जलविद्युत आयोजना सञ्चालनका क्रममा हुने सम्भावित असरहरुको समुचित व्यवस्थापन गर्दै आएको छ ।
सम्बन्धित समाचार
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

