• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • १४ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १५ घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १७ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • १८ घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • १९ घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • २३ घण्टा 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • २३ घण्टा 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • ३. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ४. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ७. लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

सिक्किम सहकारी संघको निमन्त्रणामा बागमती प्रदेश सहकारी संघको ऐतिहासिक भ्रमण सम्पन्न

जानकारी केन्द्र २०८२, असार, ३

काठमाडौं । बागमती प्रदेश सहकारी संघको पदाधिकारीहरुको पहिलो औपचारिक अन्तर्राष्ट्रिय भ्रमण छिमेकी मित्र राष्ट्र भारतको सिक्किम राज्यबाट शुरु भएको थियो । भ्रमणको अवसरमा संघले सिक्किम राज्य सहकारी संघप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । वि.सं.२०८२ जेठ २५ गतेदेखि २९ गतेसम्मको उक्त भ्रमण सिक्किम राज्य सहकारी संघको निमन्त्रणामा भएको हो । अध्यक्ष रामशरण शर्मा घिमिरेको नेतृत्वमा ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सिक्किम राज्य सहकारी संघको कार्यालयमा पुगेर सहकारी क्षेत्रका समसामयिक विषयमा अनुभव आदानप्रदान गर्न सहभागी भएको थियो ।

सिक्किममा आयोजित सहकारी भेटघाट कार्यक्रममा नयाँ दिल्ली राज्य सहकारी संघ र उत्तराखण्ड राज्य सहकारी संघका पदाधिकारीहरूको पनि सहभागीता रहेको थियो । प्रतिनिधिमण्डललाई सिक्किम राज्य सहकारी संघका उपाध्यक्ष पूर्ण प्रसाद शर्मा, प्रमुख कार्यकारी अधिकृत फादुङ भुटिया तथा सञ्चालकहरूको टोलीले आत्मीय स्वागत गरेका थिए ।

भ्रमणमा सहभागी प्रतिनिधिहरुमा लेखा सुपरीवेक्षण समिति संयोजक विकल्प पाठक, वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, उपाध्यक्ष कल्पना रिमाल, महासचिव नेत्रराज पौडेल, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, व्यवस्थापक रुपक घिमिरे, प्रदेश कोअपरेटिभ म्यानेजर्स क्लबका संयोजक कुमार खत्री र कोसिस सफ्टवेयरका वरिष्ठ सञ्चालन प्रबन्धक सन्दीप राजभाट रहेका थिए ।

सिक्किम भ्रमणका क्रममा प्रतिनिधिमण्डलले त्यहाँका सहकारी अभ्यासबारे महत्वपूर्ण अवलोकन गरेको छ । केही प्रमुख अवलोकन निम्नानुसार छन् :

.  प्रारम्भिक सहकारीहरू बहुउद्देश्यीय प्रकृतिका रहेका र तिनले बचत-ऋण कारोबारसँगै उत्पादन, श्रम, प्रशोधन र बजारीकरणमा भूमिका खेलिरहेका छन् ।

.  संघमा सरकारको प्रत्यक्ष संलग्नता रहेको छ । सहकारी विभागका अतिरिक्त रजिष्ट्रार नै संघको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्।
.  संघसँग ५ भन्दा बढी सुविधा सम्पन्न भवन तथा सभाहलहरू छन् ।
.  संघद्दारा सञ्चालित सुविधा सम्पन्न मेशको जिम्मा प्रारम्भिक सहकारीलाई दिइएको छ ।
.  संघले प्रत्यक्ष वित्तीय कारोबार नगरी नीति निर्माण, तालिम तथा समन्वयको भूमिकामा केन्द्रित छ ।
.  सञ्चालकहरूको आवधिक निर्वाचनको अभ्यास छ र अध्यक्ष तथा पदाधिकारीहरूको हैसियत संवैधानिक निकाय सरह रहेको छ ।
.  सिक्किम राज्यले सहकारीलाई मर्यादित र प्राथमिक क्षेत्रको रूपमा व्यवहार गर्दै आएको छ ।

भ्रमणका क्रममा बागमती प्रदेश सहकारी संघको प्रतिनिधिमण्डलले सिक्किम राज्यका सहकारिता तथा ग्रामीण विकास मन्त्री अरुण उप्रेतीसँग औपचारिक भेट गरी आपसी सहकार्य र अनुभव साटासाटबारे महत्वपूर्ण छलफल पनि गरेको छ । त्यसैगरी, भ्रमणको सिलसिलामा भारतको कालिङ्पोङमा अवस्थित न्यु हिमालयन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनता आह्वान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षहरूसँग भेटघाट भई संस्थागत जानकारी आदानप्रदान गरिएको थियो ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले नेपालमा सहकारी अभियानको अनुभव साझा गर्दै कालिङ्पोङ – नेपालबीच मितेरी सम्बन्ध विस्तार गरिने र दुई देशबीच सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । भ्रमण समापनको क्रममा प्रतिनिधिमण्डलले सिन्धुलीको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्दारा आयोजित सदस्य शिक्षा कार्यक्रमको अवलोकन गर्दै सदस्य सचेतना र सहकारी सशक्तिकरणका पक्षमा उपयोगी अनुभव साटासाट गरेको छ ।

सिक्किम भ्रमणका क्रममा टोलीले वनझाँक्री फल्स, गणेश मन्दिर, हनुमान मन्दिर, बुद्ध पार्क, चारधाम, छङ्गु लेक र एम।जी। रोड जस्ता प्रमुख पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्ने अवसर पनि प्राप्त गरेको थियो । यस ऐतिहासिक भ्रमणको सफल आयोजना र सहकार्यका लागि बागमती प्रदेश सहकारी संघ र प्रतिनिधिमण्डलको तर्फबाट सिक्किम राज्य सहकारी संघका अध्यक्ष डा. मंगलजीत राई, उपाध्यक्ष पूर्ण प्रसाद शर्मा, सम्पूर्ण सञ्चालक वर्ग तथा प्रमुख कार्यकारी अधिकृत फादुङ भुटियाप्रति विशेष आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.