लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि
काठमाडौं– विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (NEV) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको कम्पनीले बताइको छ । कम्पनीले उक्त महिना ३१,४८८वटा NEV बिक्री गर्यो ,जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ % ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गर्दछ।
चोंगकिंगलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको NEV बजारमा बलियो उपस्थिती बनाएको बताइएको छ । यसको प्रमुख मोडल एम ९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज-बेन्ज, आदि जस्ता लक्जरी इन्धनगाडीहरू चढेकाहरूलाई आकर्षित गरेको जनाइएको छ। एम ९ ले ५००,००० युआन ( लगभग ६९,४३५ अमेरिकी डलर ) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिना सम्म चीनकोसेल्स चार्टमा अग्रस्थान कायम राखेको कम्पनिले बताएको छ।
सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँमोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसन सँग जोडेर हेरेका थिए । मार्चमा अपडेट गरिएको एम ९ को सार्वजनिक वितरणर अप्रिलमा एम ८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको जनाइएको छ।
बिक्रीको तथ्यांक अनुसार, जनवरीमा बिक्री १२,४८३ युनिट थियो, जुन मार्चमा घटेर ५,२३६ मा झर्यो। तर एम ९ को २०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३,१४९ युनिट पुगेको छ।
अप्रिल १६ मा सार्वजनिक गरिएको एम ८, एम ७ र एम ९ को बीचको मोडलहो र यसको मूल्य ३५९,८०० युआन देखि ४४९,८०० युआन सम्म तोकिएको बताइएको छ। LiDAR प्रविधि र HarmonyOS ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेल ले एम ९ भन्दाकरिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी रस्मार्ट फिचरहरू प्रदान जनाइएको छ । सार्वजनिक भएको केही साता भित्रै यसले ७०,००० भन्दा बढी प्री-अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ।
सेरेसको सन् २०२४को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४ मा ४,२६,८८५ वटा ल्भ्ख् बिक्री गरेको बताइएको छ , जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ % ले बढी हो। तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ।
हाल सम्म सेरेसले एम ८ को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिन् छ। यद्यपि प्री-अर्डर तथ्यांकहरूले उच्च माग देखाएता पनि,वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्ने बताइएको छ ।
सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण ल्भ्ख् बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो। चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार, सन् २०२५ को अप्रिलमा चीनमा कुल १.२२६ मिलियन NEV बिक्री भएका थिए,जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२५ ले बढी रहेको जनाइएको छ । सो महिनामा चीनमा बिक्री भएका कुल २.५९मिलियन सवारी साधनहरू मध्ये ४७.३५ % NEV हरू थिए।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
