• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • ६ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • ७ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • ७ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान
  • ९ घण्टा 

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • २१ घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ४. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ५. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ६. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ७. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ८. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ९. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • १०. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.२४ खर्बले बढ्यो, कुनको कति ?

जानकारी केन्द्र २०८२, असार, ६

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को जेठ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानीमा सामान्य सुधार देखिएको छ। पछिल्ला केही महिनामा सुस्त रहेको कर्जा प्रवाहमा यो महिना सुधार देखिएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको हो।

वाणिज्य बैंकहरुले जेठ महिनामा मात्र ३६ अर्ब कर्जा लगानी गरेका छन् । वैशाखमा ४ अर्ब रुपैयाँ घटेको कर्जा विस्तार जेठमा केही बढेको हो । त्यस्तै, वैशाखसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी ४९ खर्ब ११ अर्ब रुपैयाँ थियो । जेठ मसान्तसम्म आउँदा ४९ खर्ब ४७ अर्ब पुगेको छ । तथ्यांकअनुसार जेठमा मात्र ३६ अर्ब रुपैयाँ कर्जा लगानी बढेको देखिन्छ ।

गत चैतसम्ममा वाणिज्य बैंकहरुले ४९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका थिए । वैशाखमा ४ अर्ब घटेर ४९ खर्ब ११ अर्ब रुपैयाँमा झरेको थियो । जेठमा भने ३६ अर्ब बढ्न पुगेको हो । यो वर्ष सबैभन्दा बढी कर्जा लगानी पुसमा भएको थियो । पुसमा ९४ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा त्यसपछि फेरि घटेको बैंकर्स संघको तथ्यांक छ । पुसमा ९४ अर्ब कर्जा लगानी भए पनि चैतमा वाणिज्य बैंकहरूले ६५ अर्ब लगानी गरेका थिए । यसपछि गत भदौमा ५६ अर्ब कर्जा लगानी भएकोमा साउनमा ५३ अर्बमा झरेको थियो ।

यस्तै, मंसिरमा ४२ अर्ब ऋण विस्तार भएकोमा त्यसपछि सोभन्दा कम कर्जा विस्तार भएको छ । गत असारको तुलनामा साउनमा २ अर्ब कर्जा विस्तार बढेको थियो । २०८१ असारमा ४५ खर्ब ७१ अर्ब पुगेको वाणिज्य बैंकहरूको कर्जा विस्तार साउनमा २ अर्ब बढेको थियो भने कात्तिकमा २ अर्ब घटेको थियो ।

बैंकहरूले २०८१ असारदेखि २०८२ जेठसम्ममा ३ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । गत आवको भन्दा अहिले कर्जा केही बढ्दै गएको तथ्यांकले देखाएको हो । यद्यपि, यो वृद्धि पर्याप्त वा अपेक्षित गतिको भने होइन । बैंकरहरूका अनुसार अहिले सुस्त गतिमै भए पनि कर्जा बढेको देखिएको छ ।

राष्ट्र बैंकले पनि निर्माण क्षेत्रको कर्जा विस्तार अन्यको भन्दा राम्रो देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाहित कर्जा ७।३ प्रतिशतले बढाएको राष्ट्र बैंकको तथ्यांक छ । यसमा निर्माण क्षेत्रमा मात्रै १२।३ प्रतिशतले कर्जा प्रवाह बढेको छ । राष्ट्र बैंकका अनुसार यो क्षेत्रमा प्रवाहित कर्जा वैशाख मसान्तसम्ममा २ खर्ब ३३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

ताजा

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.