देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ एकतर्फी संचालनमा
काठमाडौं । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान १०:२० बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने ६ सडक एकतर्फी संचालनमा रहेका छन् ।
हाल सिन्धुपाल्चोकको भोटेकोशीस्थित लार्चामा पहिरो जादा अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध रहेको छ । त्यस्तै नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० को विनयी खोलाको डाइभर्सन बाढीले बगाउदा सडक दुई तर्फी अवरुद्ध भएको छ । त्यसैगरी नवलपरासी ९बर्दघाट सुस्ता पुर्व० को बुलिनटार-१ बतासे डाँडामा पहिरोले कालिगण्डकी कोरिडोर पूर्ण रुपमा अवरुद्ध रहेको छ । त्यस्तै पहिरोले दाङको तुलसीपुरस्थित दाङ सल्यान सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ भने सल्यानको कपुरबोट(३ स्थित राप्ति राजमार्ग पनि पूर्ण रुपमा अवरुद्द रहेको छ ।
त्यसैगरी त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी-१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर एकतर्फी संचालनमा आएको छ भने जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् । त्यस्तै गुल्मीको कालिगण्डकी कोरिडोर, म्याग्दीको बेनी-जोमसोम सडक, मकवानपुरको त्रिभुवन राजपथ र धनकुटाको रवि राके भेडेटार सडक एकतर्फी संचालन रहेको छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
