ईरान-ईजरायल युद्द, नेपाल फर्कन चाहानेलाई सरकारले उद्दार गर्ने
काठमाडौं । इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका बारेमा छलफल भएको छ ।
ईरान-ईजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भएको हो।
परराष्ट्र मन्त्रि आरजु राणाका अनुसार ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ ।
उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
यसका लागि सम्बद्ध अरु तीन मन्त्रालयका समेत अधिकारीहरु सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घन्टा काम गर्ने निर्णय पनि भएको छ । श्रम मन्त्री माननीय शरदसिंह भण्डारी सहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवज्यूहरुले पनि आवश्यक समन्वय र सहयोग बारे कुराकानी गरिएको उनले जानकारी दिईन्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
