काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से सो सेसनमा ०.१० अंकले घटेर २६२८.८१ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १३१ पटकको कारोबारमा ३ करोड २१ लाख १६ हजार ३१९ रुपैयाँ २० पैसाबराबरको ६० हजार ८०९ कित्ता सेयर खरिदबिक्री भएको छ।