कलाकार कलकतियाबालीकी श्रीमती आफ्नै घरमा मृत फेला, आत्महत्याको आशंका
सिरहा । मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा सोमबार राती अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् ।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारण अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा बिहानैदेखि भीड लागेको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसवारे जानकारी दिन सक्ने अवस्थामा छैन् ।
कलाकार अविनास झा र अँसा सदाबीच करिब १०/ ११ दिनदेखि तनाव चल्दै आएको थियो । अहिले प्रहरीको टोलीले घटना स्थललाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ ।
माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढने प्रहरीले जनाइएको छ । जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन् । यद्यपी, प्रहरीले यसलाई बिना पोष्टमार्टमको पुष्टि नगर्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
