Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

कलाकार कलकतियाबालीकी श्रीमती आफ्नै घरमा मृत फेला, आत्महत्याको आशंका

मुकेश कुमार यादव
मुकेश कुमार यादव
२०८२, असार, १०
कलाकार कलकतियाबालीकी श्रीमती आफ्नै घरमा मृत फेला, आत्महत्याको आशंका

सिरहा । मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा सोमबार राती अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् ।

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारण अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा बिहानैदेखि भीड लागेको छ । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसवारे जानकारी दिन सक्ने अवस्थामा छैन् ।

कलाकार अविनास झा र अँसा सदाबीच करिब १०/ ११ दिनदेखि तनाव चल्दै आएको थियो । अहिले प्रहरीको टोलीले घटना स्थललाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ ।

माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढने प्रहरीले जनाइएको छ । जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन् । यद्यपी, प्रहरीले यसलाई बिना पोष्टमार्टमको पुष्टि नगर्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको छ ।

Top Changing Nepal

युट्युब सट्स