बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । जापानी प्रविधिमा आधारित एसएमएल इसुजु सवारीसाधनका लागि नेपालको एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रा. लि. ले झापाको बिर्तामोडमा भव्य ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको बताइएको छ। एसएमएल इसुजुको गुणस्तर, सेवा र दीर्घकालीन विश्वासलाई मजबुत पार्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढी उद्यमीहरूको उपस्थिति रह्यो।
कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमएल इसुजुको कम्पनी विवरण प्रस्तुत गरिएको थियो। बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु सवारीसाधनहरूको प्रविधिक विशेषता, नेपाली भू–बनोटमा यसको अनुकूलता र प्रदर्शन क्षमताबारे जानकारी गराए।
त्यसपछि सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनीको सेवा नीति, ग्राहक सन्तुष्टि र निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धता व्यक्त गरे। उनले ग्राहक सुझावलाई उच्च प्राथमिकतामा राखेर आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने योजना सुनाए।
लक्ष्मी कमर्शियल भेहिकल्सलेएसएमएल इसुजु ब्रान्ड अन्तर्गतका बस तथा ट्रकहरू नेपालभर सेल्स, सर्भिस र स्पेयर पाट्र्स एउटै स्थानबाट उपलब्ध गराउँदै आएको कम्पनीको दाबी रहेको छ। स्कुल बस सेग्मेन्टमा यो ब्रान्ड लामो समयदेखि अग्रणी स्थानमा रहँदै आएको बताइएको छ।
झापा क्षेत्रको बजार र व्यवसायिक परिवेशलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रममा सहभागीहरूले एसएमएल इसुजु सवारीसाधनप्रति अझ विश्वास बढाएको कम्पनीले जनाएको छ। आगामी दिनमा यस्ता ग्राहकमुखी कार्यक्रमहरू थप स्थानमा आयोजना गर्दै जाने योजना रहेको कम्पनीले बताएको छ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
