टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ वुटवल र भैरहवामा हुने
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रा.लि.ले पहिलोपटक काठमाडौँ उपत्यका बाहिर दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका लागि छुट्टाछुट्टै ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।
कम्पनीका अनुसार सवारीसाधनको दीर्घकालीन मर्मत र इन्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।
चार पाङ्ग्रे सवारीका लागि यहि असार १२ र १३ गते वुटवलस्थित एड्भान्स अटो केयर र दुई पाङ्ग्रेका लागि असार १९ र २० गते भैरहवास्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्समा क्याम्प आयोजना हुन लागेको बताइएको छ ।
क्याम्पमा सहभागीले आफ्नो सवारीको इन्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन् । सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इन्जिन हेरचाहका लागि आवश्यक टिप्स र सेवा सम्बन्धी सुझावहरू समेत सेयर गरिने हुँदा यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
