• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लक्की फिल्म अबार्डमा `उपहार´लाई चार अवार्ड

चितवन । मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ

लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न ११ वटा विधामध्ये चलचित्र उपहारले उत्कृष्ट चलचित्र, उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकारतर्फ अवार्ड प्राप्त गरेको हो । 

आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ का अनुसार चलचित्र उपहारले उत्कृष्ट चलचित्र सहित चार विधामा अवार्ड प्राप्त गरेको हो ।

चलचित्र उपहारले उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकार विधामासमेत अवार्ड प्राप्त गरेको कार्कीले बताए । 

उत्कृष्ट गायिकातर्फ चलचित्र उपहारको ‘वा वा वा..’ बोलको गीतका लागि एलिना चौहान, उत्कृष्ट निर्देशकतर्फ चलचित्र उपहारकै निर्देशक ज्ञानेन्द्र देउजा र उत्कृष्ट सङ्गीतकारतर्फ ‘कहिल बार बिर्सन्छु’ बोलेको गीतका लागि अर्जुन पोखरेलले अवार्ड प्राप्त गरेका छन् ।

त्यस्तै उत्कृष्ट छायाँकारतर्फ चलचित्र ऐँचो पैँचोबाट पुरुषोत्तम प्रधान तथा उत्कृष्ट नव निर्देशकतर्फ चलचित्र ऐँचो पैँचोकी निर्देशक कृषा चौलागाईंलाई अवार्ड प्रदान गरिएको छ ।

लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड नायक प्रदीप खड्का चलचित्र पुजार सार्कीका लागि गरिएको कार्कीले बताए। उत्कृष्ट सम्पादकको अवार्डसमेत पुजार सार्कीकै सम्पादक भरत रेग्मीलाई प्रदान गरिएको कार्कीको भनाइ छ । 

त्यसैगरी उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बोक्सीको घरका लागि केकी अधिकारी एवम् उत्कृष्ट गायकको अवार्ड चलचित्र दिमाग खराबमा ‘माया’ बोलको गीतका लागि सुगम पोखरेललाई प्रदान गरिएको छ । 

यसैबीच, लक्की मिडिया हाउसले समाजमा विभिन्न तरिकाले योगदान पुर्याएका विभिन्न नौ जना व्यक्तिलाई समेत सम्मान गरेको छ ।

भरतपुरको डल्फिन फनपार्कमा आयोजित कार्यक्रममा पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दैै पत्रकार आनन्द पोखरेललाई सम्मानित गरिएको उनले बताए।

करिब डेढ दशकदेखि पत्रकारिता कर्ममा रहनु भएका पोखरेल सञ्चारपत्र दैनिकको कार्यकारी सम्पादक एवम् राष्ट्रिय समाचार समिति (रासस) को समाचारदाताको रुपमा कार्यरत छन्।

त्यस्तै कार्यक्रममा जनप्रतिनिधितर्फ भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महतो, सामाजिक अभियान्तातर्फ भरतपुर-८ का पूर्ववडाध्यक्ष नारायण प्रसाद कँडेल, युवा उद्यमीतर्फ डल्फिन फन पार्कका सञ्चालक सुवेदार सन्तलाल गुरुङ,  शिक्षातर्फ ओम शान्ति एकेडेमीका प्राचार्य टेकबहादुर श्रेष्ठ, चिकित्सकतर्फ डा.विष्णुप्रसाद सुवेदी, कलाकारतर्फ मौसमी मल्ल एवम् सीता गुरुङ  र खेलकुद र शिक्षाबाट समाजमा योगदान पुर्याए वापत सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलाश पौडेल (वाईबी) लाई सम्मानित गरिएको कार्कीले जानकारी दिए। 

लक्की मिडिया हाउसले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि चलचित्रको प्रिमियर शो, रेड कार्पेड शो, विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको कार्कीले बताए।

फिल्मी अवार्डलाई बर्सेनि निरन्तरता दिँदै अगाडि लैजाने कार्कीको भनाइ छ । 

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमकी अध्यक्ष एवम् लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्की, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले दोसल्ला ओडाइ सम्मानपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम मिडियाले गरेको भन्दै लक्की मिडिया हाउसको प्रशंसा गरे । उनले राष्ट्रिय कलाकारले देशको कला र संस्कृतिको संरक्षण गर्दै प्रवद्र्धनमा भूमिका खेलेका भन्दै उनीहरुको उचित संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्कीले नेपालमा मानिस मरेपछि सम्मान गर्ने परम्परा रहेको भन्दै मानिस जीउँदै हुँदा सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताईन् ।

स्रष्टालाई राज्यबाट सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उहाँले कलाकारहरुको प्रतिभा प्रष्फुटन र प्रवद्र्धनमा राज्य गम्भीर बन्नुपर्ने बताईन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.