बारामा २१२ किलो बढी गाँजाबोकेको पिकअप सहित ४ जना पक्राउ
बारा । बारा स्थित प्रहरी गस्ती टोलीले गण्डक नहरमा २१२ किलोभन्दा बढी गाँजा बोकेको एउटा पिकअप गाडी सहित ४ जना लाई पक्राउ गरेको छ।
हेटौडाबाट बारा प्रसौनी गण्डकतर्फ लागुऔषध गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले २१२ किलो ९२८ ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिवार बिहान साढे ८बजे ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले परवानिपुर गाउँपालिका ५ स्थित गण्डक नहरको सडक खण्ड अन्तर्गत चेकप्वाइन्टमा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा धानको भुषभित्र लुकाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखानालाई बताए ।
गाडीका चालक मकवानपुर, थाहा नगरपालिका ४ तालुङका २८ वर्षीय रबि कार्की, सोही गाडीमा सवार मकवानपुर, टिसटुङ १२ का ४६ वर्षीय बिर बहादुर गोले, हेटौडा उपमहा नगरपालिका १४ का २३ वर्षीय साजन मुक्तान र धादिङ, थाक्रे गाउँपालिका ७ का ३१ वर्षीय महेश तामाङ पक्राउ गरिएको एसपी तामाङ्गले जानकारी दिएका छन्।
पक्राउ परेकाहरू विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डित द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

