रौतहटको एसईई नतिजा ७१.२० प्रतिशत, २ छात्राले ल्याए ४ जिपए
सञ्जय मिश्रा
रौतहट १४ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रवार प्रकाशित नजिता अनुसार रौतहटबाट सहभागी छात्र छात्रा परीक्षार्थीहरुले सहभागी संख्याको आधारमा कुल ७१.२० प्रतिशत उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका कुल ९ हजार २७३ परिक्षार्थीहरु मध्ये ६ हजार ६०२ उतिर्णहुँदा संख्याको आधारमा ७१.२० प्रतिशत नतिजा आएको हो। सहभागी मध्ये २हजार ६७१ जना परिक्षार्थीहरु उतिर्ण हुन नसकेर पुनः परीक्षा दिनुपर्ने जिल्ला शिक्षा समन्वय इकाई कार्यालय गौरले जनाएको छ।
शुक्रवार प्रकाशित नतिजा अनुसार ६११ जना परीक्षार्थीले ए प्लस, २ हजार ३२१ जना ए, २ हजार ७१० बी प्लस, ९३६ बी, २४ सि प्लस, र २ हजार ६७१ जना परीक्षार्थीले एनजी ल्याएको शिक्षा समन्वय ईकाई कार्यालयले उल्लेख गरेको छ।
त्यसैगरी यसपटकको एसईई को प्रकाशित नजिता अनुसार जिल्लाको मध्य स्थान गरुडा नगरपालिका जिंगडिया स्थित नेपाल प्रहरी विद्यालय की दुई जना छात्राले फोर जिपिए ल्याएकी छिन्।
सिम्बल नम्बर ०३५०५३३८ आर भएकी मायुसी कुमारी साह र ०३५०५३६५ एस सिम्बल नम्वर भएकी स्मृति जयसवालले सर्वोत्कृष्ठ फोर जिपिए ल्याएको प्रहरी विद्यालयका प्रधानाध्यापक रामशरण रिजालले बताएका छन्।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
