रौतहटको एसईई नतिजा ७१.२० प्रतिशत, २ छात्राले ल्याए ४ जिपए
सञ्जय मिश्रा
रौतहट १४ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रवार प्रकाशित नजिता अनुसार रौतहटबाट सहभागी छात्र छात्रा परीक्षार्थीहरुले सहभागी संख्याको आधारमा कुल ७१.२० प्रतिशत उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका कुल ९ हजार २७३ परिक्षार्थीहरु मध्ये ६ हजार ६०२ उतिर्णहुँदा संख्याको आधारमा ७१.२० प्रतिशत नतिजा आएको हो। सहभागी मध्ये २हजार ६७१ जना परिक्षार्थीहरु उतिर्ण हुन नसकेर पुनः परीक्षा दिनुपर्ने जिल्ला शिक्षा समन्वय इकाई कार्यालय गौरले जनाएको छ।
शुक्रवार प्रकाशित नतिजा अनुसार ६११ जना परीक्षार्थीले ए प्लस, २ हजार ३२१ जना ए, २ हजार ७१० बी प्लस, ९३६ बी, २४ सि प्लस, र २ हजार ६७१ जना परीक्षार्थीले एनजी ल्याएको शिक्षा समन्वय ईकाई कार्यालयले उल्लेख गरेको छ।
त्यसैगरी यसपटकको एसईई को प्रकाशित नजिता अनुसार जिल्लाको मध्य स्थान गरुडा नगरपालिका जिंगडिया स्थित नेपाल प्रहरी विद्यालय की दुई जना छात्राले फोर जिपिए ल्याएकी छिन्।
सिम्बल नम्बर ०३५०५३३८ आर भएकी मायुसी कुमारी साह र ०३५०५३६५ एस सिम्बल नम्वर भएकी स्मृति जयसवालले सर्वोत्कृष्ठ फोर जिपिए ल्याएको प्रहरी विद्यालयका प्रधानाध्यापक रामशरण रिजालले बताएका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

