मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई पोसाक र अस्पताललाई उपकरण सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न प्रदेशहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले विविध कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको पूर्वचौकी गाउँपालिका–५ स्थित श्री नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल उच्च बनाउने र अध्ययनप्रति उत्साह थप्ने उद्देश्यले गरिएको यो सहयोगप्रति विद्यालयले आभार व्यक्त गरेको छ ।
स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने हेतुले बैंकले कर्णाली प्रदेशको बिरेन्द्रनगर–४, सुर्खेतस्थित प्रदेश अस्पतालमा १० थान ह्वीलचेयर प्रदान गरेको छ । यो सहयोगबाट अस्पतालमा उपचारका लागि आउने जेष्ठ नागरिक तथा असक्त बिरामीलाई हिँडडुलमा सहजता पुग्ने बैंकको विश्वास छ ।
त्यस्तै, कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लास्थित जिल्ला अस्पतालमा समेत बैंकले बिरामी तथा कुरुवाका लागि ७ थान तीन सिटर कुर्सी हस्तान्तरण गरेको छ । अस्पतालको प्रतिक्षालयमा सेवा लिनेहरूको बसाइ सहज बनाउने उद्देश्यले यो सहयोग गरिएको हो ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायतका क्षेत्रमा निरन्तर सामाजिक योगदान दिँदै आएको छ । आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रुपमा विस्तार गर्दै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


