Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, असार, १९
कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमालगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ्गएप KumariSmart बचतमार्फत सहजरूपमा प्रयोग गर्न सकिनेछ ।

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमाजारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरुले आफ्नो KumariSmart बचत बचत एप मार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन् । फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिन सम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन ।

विगत २४ वर्षदेखि निरन्तर सेवादिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित,अत्याधुनिक र प्रभावकारी सेवाप्रदान गर्दै आएको छ । ATM, POS तथा Green-PIN सुविधाविस्तार गर्नुका साथै Visa,Mastercard तथा UPI Card स्वीकार्यता देशभरका ATM / POS लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाहरुप्रदानगर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स