काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई एफपीओ (फोलो-अप पब्लिक अफर) निष्कासन गर्ने अनुमति दिएको छ। बैंकले १५७ रुपैयाँ अंकित मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्कासन गर्न लागेको हो। कुल एफपीओको मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबर हुनेछ।
एफपीओ निष्कासनपछि हिमालयन बैंकको सर्वसाधारण सेयरधनीको स्वामित्वमा वृद्धि हुने छ। यसबाट बैंकको पुँजी संरचना सुदृढ हुने र सार्वजनिक सहभागिता बढ्ने अपेक्षा गरिएको छ।