• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २१ घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २२ घण्टा 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २४ घण्टा 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १ दिन 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • १ दिन 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • १ दिन 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. टेलिटकद्वारा पोको एम ८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक

  • ४. मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

  • ५. महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

  • ६. सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

  • ८. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • ९. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • १०. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

जानकारी केन्द्र २०८२, असार, २७

काठमाडौं । भारतको प्रमुख एफएमसीजी समूह र मल्टी-बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले अब नेपालमा पनि आफ्नो मसलाहरू ल्याउने घोषणा गरेको छ।

यो योजनाबद्ध विस्तारमार्फत क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्‍याउने लक्ष्य राखेको छ भने आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्य समेत लिएको बताइएको छ। यसले नेपालको समृद्ध क्यूलिनरी परम्परा र विशिष्ट सांस्कृतिक पहिचान भएको बजारमा ब्रान्डको स्वाभाविक विस्तारलाई संकेत गर्दछ।

क्याच स्पाइसेसले नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवासलाई जीवित राख्ने उद्देश्यका साथ फराकिलो उत्पादन लाइन प्रस्तुत गरेको छ, जसमा स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसला समावेश छन्। यस ब्रान्डले अत्याधुनिक लो टेम्परेचर ग्राइन्डिङ (एलटीजी) प्रविधिको प्रयोग गर्छ, जसले मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्वलाई जोगाइराख्छ। क्याच स्पाइसेस हाल काठमाडौं उपत्यकामा उपलब्ध भइसकेको छ र चाँडै अन्य क्षेत्रहरूमा पनि विस्तार गरिने बताइएको छ।

यो ब्रान्ड भाटभटेनी जस्ता मोडर्न ट्रेड स्टोरहरू, खुद्रा स्टोरहरू, नेपाली सेनाका क्यान्टिनहरू, सामान्य खुद्रा पसलहरू, होटेल, रेस्टुरेन्ट, क्याफेहरू तथा दराज जस्ता इ–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।

उक्त अवसरमा  डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड श्री सन्दीप घोषले भने, “नेपालको प्याकेज्ड मसला उद्योगको हिस्सा बन्न पाउँदा र विशेषगरी यहाँका उपभोक्ताहरूको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। स्वाद, सुगन्ध र रंगमा स्थायित्व भएको उच्च गुणस्तरीय मसलाप्रतिको माग तीव्र रूपमा बढ्दो छ, जुन कुनै पनि परिकारको लागि मुख्य आवश्यकता हो। क्याच स्पाइसेसले आफ्नो विविध पोर्टफोलियो र स्थानीय स्वादअनुसार विशेष रूपमा तयार गरिएका उत्पादनहरूसहित उपभोक्ताहरूको यी विशिष्ट आवश्यकताहरू पूरा गर्न आदर्श स्थान पाएको छ।डीएस ग्रुपको शुद्धता र उत्कृष्टताप्रतिको प्रतिबद्धता अटल छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ताहरूले हाम्रो गुणस्तरको वाचालाई स्वीकार गर्नेछन् र क्याच स्पाइसेसले प्रतिनिधित्व गर्ने वास्तविक स्वादको अनुभव गर्नेछन्। ”

नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन क्याच स्पाइसेसले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। क्याच ब्राण्डसँगको आफ्नो संग्लग्नताबारे सेफ शाह भन्छन्, “एक सेफका हैसियतले गुणस्तरीय मसलाले परिकारमा कस्तो गहिरो असर पार्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। क्याच मसला नेपालमा भित्रिनु अत्यन्तै सकारात्मक खबर हो र म विश्वस्त छु कि यसका गुणस्तरीय उत्पादनहरूले घर तथा रेस्टुरेन्टहरूमा छिट्टै स्थान बनाउनेछ।”

क्याच स्पाइसेसले आफ्ना उत्पादन र गुणस्तरलाई लक्षित उपभोक्तासम्म पुर्‍याउन उच्चस्तरीय प्रचार अभियानको योजना बनाएको जनाइएको छ। ब्रान्डको उपस्थितिलाई बलियो बनाउन ३६० डिग्री मार्केटिङ योजना अन्तर्गत टेलिभिजन, पत्रपत्रिका, रेडियो, बाहिरी विज्ञापनदेखि लिएर सोसल मिडिया प्लेटफर्महरूको व्यापक प्रयोग गरिनेछ। क्याच ब्रान्डले उपभोक्तासँग प्रत्यक्ष सम्पर्क बढाउन ‘अन ग्राउण्ड’ एक्टिवेशनहरूमा विशेष ध्यान दिने वाचा गरेको छ, जसबाट ग्राहकहरूले वास्तविक उत्पादन अनुभव गर्नुका साथै यो प्रचार अभियान हाल पहिलो चरणमा रहेको छ र तीज, दसैंजस्ता प्रमुख चाडपर्वको मौसमभर निरन्तर रूपमा सञ्चालन हुँदै जाने बताइएको छ।

यस अभियानमा नेपालको प्रसिद्ध सेफ तथा क्याच ब्रान्डका एम्बेसडर सन्तोष शाहले पनि टिभी विज्ञापन र विभिन्न रोचक कार्यक्रममार्फत आफ्ना खाना पकाउने सीप र तरिकाहरू पछाडिका रहस्यहरू उपभोक्तासँग बाँड्नेछन्।

क्याच ब्रान्डको बारेमा:
क्याच ब्रान्डलाई डीएस ग्रुपले सन् १९८७ मा भारतमा पहिलो पटक टेबल-टप साल्ट स्प्रिंकलरको परिचय सहित आविष्कारसहित सुरु गरेको थियो। त्यसयता क्याचले आफ्ना उत्पादनहरू विस्तार गर्दै पकवानको सम्पूर्ण सार समेट्ने ब्रान्डको रूपमा परिचय बनाएको जनाइएको छ। क्याचको रेन्ज अहिले स्ट्रेट स्पाइसेस, विविध मिश्रणहरू, पेस्टहरू र सम्पूर्ण मसलासम्म फैलिएको छ। नौ श्रेणीमा बाँडिएका १२५ भन्दा बढी भेरियन्ट्स र ३०० भन्दा धेरै SKU (stock keeping units) सहित क्याच आजको दिनमा इनोभेटिभ उत्पादन र उच्च गुणस्तरीय मापदण्डका लागि व्यापक रूपमा चिनिएको ब्रान्ड हो।

डीएस ग्रुपको बारेमा:
डीएस ग्रुप (धर्मपाल सत्यपाल ग्रुप) भारतको एक प्रमुख एफएमसीजी समूह तथा मल्टी-बिजनेस कर्पोरेसन हो, जसको भारत तथा अन्तर्राष्ट्रिय बजारमा मजबुत उपस्थिति छ। सन् १९२९ मा स्थापना गरिएको यो समूहले गौरवशाली विरासतलाई दूरदर्शी विकाससँग संयोजन गरिएको एक प्रेरणादायक र सफल व्यवसायिक कथाको उदाहरण हो। डीएस ग्रुपको पोर्टफोलियो अत्यन्तै व्यापक र विविधतायुक्त छ जसमा फुड एण्ड वेभरेज, कन्फेक्शनरी, माउथ फ्रेशनर, हस्पिटालिटी, एग्री, लक्जरी रिटेल व्यवसाय र अन्य लगानीहरू समेटिएका छन्।

क्याच, पल्स, पास पास, सिल्भर पर्ल्स, क्षीर, रजनीगन्धा, ओभिनो, एल’ओपेरा, ले मार्चे, सोसाइटी अफ सलाद, बर्थराइट, लवइट, चिंगल्स, गोलमोल, नमः आदि यस समूहका प्रमुख ब्रान्डहरू हुन्। एक उत्तरदायी संस्थाका रूपमा डीएस ग्रुप समाज र वातावरणको संरक्षणका लागि आफ्नो मूल्य र उद्देश्यहरूमा दृढ विश्वास राख्दछ। यस समूहको मुख्यालयलाई युएस ग्रीन बिल्डिंग काउन्सिल (USGBC) अन्तर्गतको लिडरशिप इन इनर्जी एण्ड इनभाइरोमेन्टल डिजाइन (LEED) प्लाटिनम प्रमाणपत्र प्रदान गरिएको छ, जुन अप्रेसन एण्ड मेनटेनेन्स कार्यक्रमको ४.० भर्सनमा आधारित छ। त्यस्तै, डीएस मुख्यालयले USGBC बाट LEED जिरो कार्बन सर्टिफिकेसन पनि प्राप्त गरिसकेको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

ताजा

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.