ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनद्वारा प्रदान गरिने प्रतिष्ठित ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित भएको छ। बैंकले सन् २०२५ का लागि ‘नेपालको उत्कृष्ट बैंक’ को उपाधि हात पारेको हो। यसअघि, सन् २०२४ मा पनि ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई यही अवार्डले सम्मान गरेको थियो।
ग्लोबल फाइनान्स म्यागाजिनले बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक साझेदारी, ग्राहक सेवा, क्रेडिट रेटिङजस्ता विविध मापदण्डका आधारमा ग्लोबल आइएमईलाई नेपालको उत्कृष्ट बैंक घोषणा गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई अझ उत्कृष्ट र नविनतम सेवा दिन थप हौसला मिलेको बताउँदै नेपाल सरकार, राष्ट्र बैंक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकवर्गप्रति आभार व्यक्त गरे।
ग्लोबल फाइनान्सले अफ्रिका, एशिया प्यासिफिक, ल्याटिन अमेरिका, क्यारिबियन, युरोप, अमेरिका लगायत विभिन्न क्षेत्रका उत्कृष्ट बैंकलाई सम्मानित गरेको छ। यसअन्तर्गत, हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, जापानको एसएमबीसी, मलेशियाको यूओबी, बङ्लादेशको सिटी बैंक लगायत संस्थासँगै नेपालबाट ग्लोबल आइएमई बैंक पनि पुरस्कृत भएको हो।
नेपालबाट यस अवार्ड पाउने ग्लोबल आइएमई पहिलो बैंक बनेको छ। यसअघि पनि बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ।
ग्लोबल आइएमई देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकसँग ३५२ शाखा, ३८५ एटीएम, १५५ शाखारहित सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र छन्।
बैंकले देशभरका नागरिकलाई सहज बैंकिङ सेवा दिँदै आएको छ भने अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, मलेशिया, साउदी अरब, कतार, यूएई, भारत लगायतका देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराइरहेको छ। “बेष्ट बैंक अवार्ड” जस्तै सम्मानले बैंकलाई अझ रचनात्मक र नविन सेवा प्रदान गर्न प्रेरणा दिने बैंकको विश्वास छ।
सम्बन्धित समाचार
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

